दोरेन्द्र खड्का / बझाङ
सुदूरपश्चिम प्रदेश सरकार मातहात रहेको जिला अस्पताल बझाङको नयाँ व्यवस्थापन समितिमा सोनु सिह नियूक्त गरिएको छ ।बिहिबार बसेको प्रदेशको १२८ औं मन्त्रीपरिषद बैठकले सिहलाई जिल्ला अस्पताल बझाङको नयाँ व्यवस्थापन समितिको अध्यक्षमा नियूक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकार मातहात रहेका पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त गर्ने निर्णय गरीएकोे सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताउनुभयो ।
मन्त्री जोशीका अनुसार सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियूक्त भएका छन । टीकापुर अस्पतालमा झपटबहादुर सोडारी नियूक्त भएका छन ।
यस्तै, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सोनु सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त भएका छन ।
यस्तै, बिहिबारको बैठकले विभिन्न निर्देशिका तथा नियमावलीहरु पनि स्वीकृत गरेको छ । बैठकले सुदूरपश्चिम प्रदेश अनुगमन तथा मूल्यांकन निर्देशिका २०७८, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी नियमावली २०७८ र प्रदेश वन नियमावली २०७८ स्वीकृत गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

