राष्ट्रिय दैनिक / नवलपरासी , ३ चैत
सञ्चारीका समुह नवलपरासी बर्दघाट-सुस्ता पश्चिममा नयाँ नेतृत्व चयन भएको छ ।
बर्दघाटमा बिहिवार भएको समुहकाे भेलाले शान्ति बि.क.काे अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे हाे ।
समुहको उपाध्यक्षमा उर्मिला यादव, सचिवमा रचना चाैधरी, काेषाध्यक्षमा लक्ष्मि अर्याल, सहसचिवमा सम्झना भण्डारी र सदस्यहरुमा निलम के.सि., डाेल कुमारी चाैधरी रहनु भएको छ ।
समुहले जिल्लामा पत्रकार महिलाको संख्या तथा गुणस्तर वृद्धिका लागि काम गर्ने अध्यक्ष बि.क.ले बताउनु भयाे । अध्यक्ष बि.क ले जिल्लामा पत्रकार महिलाहरु सक्रिय रुपमा अघि बढे पनि महिला पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि अझै पनि तालिमको आवश्यकता रहेको समेत जोड दिनु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

