उमेश बि.क / नवलपरासी , ३ चैत
पश्चिम नवलपरासीको परासीमा नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा स्वागत ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल घरेलुु तथा साना उद्योग महासंघकाे २५ अेाें राष्ट्रिय महाधिवेशनबाट महासंघको केन्द्रीय सदस्यमा पश्चिम नवलपरासीबाट धनपत यादव र बुद्धिमाया सुनार तथा केन्द्रीय महिला उद्यमी समितिकाे उपाध्यक्षमा तारा आचार्य निर्विराेध निर्वाचित हुनु भएकोले महासंघद्वारा स्वागत ,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

“स्वदेशी उत्पादन प्रयोग गराैँ , नेपाली भएकोमा गर्भ गराैँ ” मुल नाराकाे साथ नेपाल घरेलु तथा साना उद्योग पश्चिम नवलपरासीको अध्यक्ष मेघराज गाैतमकाे अध्यक्षता तथा घरेलु महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठककाे प्रमुख अातिथ्यतामा स्वागत , बधाई तथा सम्मान कार्यक्रम गरिएको हाे।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख गंगाधर पाण्डेय , नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष उमानाथ पाेख्रेल , लुम्बिनी प्रदेश महिला उद्यमी समिति लुम्बिनी प्रदेश अध्यक्ष शान्ता शर्मा , केन्द्रीय सदस्य बुद्धिमाया सुनार ,केन्द्रीय सदस्य धनपत यादव , केन्द्रीय महिला उद्यमी समिति उपाध्यक्ष तारा अाचार्य लगाएतले घरेलु उद्योगमा अाबद्ध सबै उद्यमी राज्यबाट सेवा सुविधा पाई अवसर सदुपयोग गरेको बताउदै उद्योगबाट नेतृत्व विकास हुनुकाे साथै अार्थिक रुपमा सबल बनेको बताउदै रंगको पर्व हाेलिकाे अवसरमा शुभकामना सहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियाे। 

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

