Rashtriya Dainik

तेलि समाज पर्साको होलि मिलन संगै नयाँ समिती बिस्तार प्रवक्तामा शिवकुमार साह चयन

बिरगंज ३ चैत
तेली कल्याण समाज पर्साकाे आयाेजनामा बुधबार हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । रेडियाे वीरगंज परिसरमा भएकाे कार्यक्रममा सहभागिहरुले एक अर्कालाई अबिर लगाउँदै हाेलीकाे शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा तेली कल्याण समाज पर्साकाे नवगठित जिल्ला कार्य समितिकाे नाम समेत सार्वजनिक गरिएकाे थियाे । ध्रुव साहकाे अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्य समिति चयन गरिएकाे तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहले जानकारी दिए ।
नव गठित समितिकाे बरिष्ठ उपाध्यक्षमा हजारी साह, उपाध्यक्षमा श्रीलाल साह तेली, पारसनाथ प्रसाद साह, प्रदिप कुमार साह, महिला उपाध्यक्ष रेखा साह, सचिवमा विरेन्द्र साह, सह सचिव छाेटेलाल साह, काेषाध्यक्ष नितेश गुप्ता एवं प्रवक्तामा शिवकुमार साह तेलि चयन भएकाे साहले जानकारी दिए
यस्तै समितिकाे सदस्यमा बालेश्ववर साह, कृष्णा साह, रामबाबु साह, लक्ष्मण साह, जगरनाथ साह, राजेन्द्र साह, माेतिलाल साह, ज्ञान बहादुर साह, चन्द्रिका साह, प्रमाेद कुमार साह, शिव साह तेली, राजेन्द्र प्रसाद साह भुलन साह, प्रेम कुमार साह, मुनिलाल साह, विकास कुमार साह, साेनालाल साह, गम्हीरा साह र महिला सदस्यमा अनिता साह चयन भएकाे उनले जानकारी गराए ।
समाजका अध्यक्ष ध्रुव साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज पाेखरेल लगायतकाे तेलि स्वजातिय एवं विभिन्न समाजका अगुवाहरुको सहभागिता रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित