Rashtriya Dainik

राष्ट्रिय दैनिकको होली मिलन समारोह सम्पन्न : तीन जना पत्रकार सम्मानित

रंजीत शर्मा/ नवलपरासी, ३ चैत ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ कोटही मन्दिरमा होली मिलन समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

उमङ्ग मीडिया प्रा.लि.द्वारा सञ्चालित राष्ट्रिय दैनिक डिजिटल पत्रिकाको आयोजनामा होली मिलान समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

उमङ्ग मीडिया प्रा.लि.द्वारा सन्चालित राष्ट्रिय दैनिक डिजिटल पत्रिकाका कार्यकारी निर्देशक उमेश वि.क.को अध्यक्षता तथा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माको प्रमुख अातिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा मीडियालाई हरपल सहयोग गर्ने राष्ट्रिय दैनिक डिजिटल पत्रिकाका प्रधान सम्पादक सन्जय कुशवाहा, कार्यकारी सम्पादक रंजीत शर्मा तथा बजार प्रमुख ज्ञानेश्वर सहानी सम्मानित भएका छन् भने सहायक बजार प्रमुख विनोद निगम,सम्वादाता राज चौधरी, उर्मिला यादव,जितेन्द्र गुप्ता तथा सल्लाहकार विनोद पाण्डेयलाई प्रशंसा पत्र देखि कामकाे प्रशंसा गरिएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हरि शर्माले छोटो समयमै नवलपरासी जिल्लाको उत्कृष्ट डिजिटल पत्रिकाकाे रुपमा अाफ्नाे नाम अगाडि बढाएकोमा बधाई दिँदै अब आउने समयमा पनि पत्रीकालाई निष्पक्ष,पत्रकारिताको धर्म र मर्म अनूसार कलम चलाउन आग्रह गरेका छन्। हालको अवस्थामा प्रविधिको विकासका कारण तुरन्तको समाचार सम्पादन र प्रकाशन गर्न सकिने भएको बताउँदै समाचार सम्पादन शैलीको विकास गर्दै अगाडि बढ्न सम्पूर्ण पत्रकारलाई उत्साह थप्नु भएको थियाे।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बृजराज कुशवाहाले ” हाल राष्ट्रिय दैनिक डिजिटल पत्रिकाले नवलपरासीमा आफ्नो एक अलग पहिचान बनाउन सफल भएकोमा बधाई दिँदै यस पहिचान तथा कार्यलाई यथावत राख्न सके आगामि दिनमा राष्ट्रिय दैनिक डिजिटल पत्रिका थप उचाईमा पुग्ने बताउनु भएको छ। प्रविधिको विकासले हाल फेसबुक,ट्वीटर, वाट्स्प लगायतका सामाजिक सञ्जाल व्यक्ति व्यक्ति माझ पुगी सकेको हुनाले पत्रकारले कुनै पनि विषय वस्तु यी सामाजिक सञ्जालमा लेख्नु भन्दा पूर्व आफू गम्भीर भएर लेख्नु पर्ने बताउनु भएको छ।

आफ्नो २५ वर्ष पत्रकारिता अनुभव साझा गर्दै वरिष्ठ पत्रकार कुशवाहाले पहिला हुलाक मार्फत समाचार पठाउँदा १५ दिन पछि मात्र प्रकाशन हुन समस्या रहेको बताउँदै हाल प्रविधिको विकासले निकै सहज भएकोले सत्य तथ्य समाचार सम्पादन गर्न ऊर्जा साथ लाग्न संपूर्ण पत्रकारलाई आग्रह गरेका छन्।

त्यसै कार्यक्रमको समापन गर्दै कार्यकारी निर्देशक उमेश वि.क.ले सबैको साथ र सहयोगले यस पत्रिकालाई यस उचाइ सम्म पुर्याउन सफल भएको बताउँदै सम्पूर्ण सहयोगी हाथहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । नवलपरासी जिल्ला लगायत विभिन्न जिल्लाको गाउँ ठाउँको समाचार प्रकाशनले यस पत्रिकाले अलग पहिचान बनाउन सफल भएको बताउनु भएको छ। आगामि दिनमा पनि यस पत्रिकालाई थप उचाईमा पुर्याउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरेका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य उर्मिला यादव, समाजसेवी विनोद पाण्डेय , पत्रकार सद्दाम हुसेन अन्सारी , जितेन्द्र गुप्ता लगायत विभिन्न मीडियाका पत्रकारहरुको उपस्थिती रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित