राजन कुमार बानिया
पर्सा २ चैत
जनता समाजबादी पार्टी नेपाल धोबिनी गाउँपालिकाद्वारा आयोजित होलिमिलन समारोह कार्यक्रम बुधबार पर्साको धोबिनी गाउँपालिकाको भिखमपुरमा समपन भएको छ। होली मिलन समारोह का जसपा का युवा नेता तथा अध्यक्ष पद का उमेदवार मदन चौहान को अध्यक्ष्ातामा भईको र प्रमुख अतिथी प्रदेश साँसद सिंगासन साह कलवार को प्रमुख अतिथ्यमा भएको कार्यक्रम मा संबोधन गर्दै भने जसपा नेपाल पार्टी मधेशी का जनता हरु को मुटुमा रहेको पार्टी हो ।यो पार्टी मधेशी को पहिचान र अधिकार दिलाएको पार्टी हो । जसपा पार्टी का सरकार ले मधेशी जनता हरु को लागि पहिचान र अधिकार को साथै मधेश मा बिकास को गंगा बहाएको छ। बीस वर्षमा नभएको बिकास अहिले चार वर्षमा बिकास निर्माण को गरेर देखाएको छ। महिला बालबालिका लगायत अन्य सेक्टर मा बिकास निर्माणको काम जसपा को सरकार मधेश प्रदेश मा गरेर देखाएको प्रदेश साँसद कलवार ले दाबी गरे । साँसद कलवार ले भने अब पचास करोड को लागत मा अोरिया खोलामा टटबन्ध गरेर सिचाईको ब्यवस्थापन गर्न अामी हरु अगाडि बढेको छु। अहिले घोडदौरामा जाने अोरीया खोलामा पुल, र जानकिटोला देखि भिस्वा जाने नहर बाटोमा कालोपत्र गर्ने टेन्डर समेत भईसकेको बताए ।धोबिनी गाउँपालिका मा जसपा को अध्यक्ष जिताउन अाग्रह समेत गरेका थिए। होली समारोह कार्यक्रम मदन चौहान को अध्यक्ष्ातामा भएको कार्यक्रम मा जसपा प्रदेश समिति सदस्य सलाउदिन अहमद, गौरीशंकर साह दादा, जसपा का जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, जसपा का युवा नेता दिभाकर पटेल,लोजपा का पप्पु पटेल, जसपा का देबेन्द्र पटेल,दिपक सराफ, वडाअधयक्ष ललन कुर्मी मनाउर मियाँ लगायत हरु ले होली मिलन समारोह मा अबिर गुलाल लगाउदै भाइचारा कार्यम गर्नु भएको थियो । कार्यक्रम मा धोबिनी गाउँपालिका को जनता हरु को उलखनिय सहभागिता रहेको थियो।कार्यक्रम संचालन सचिन सिंह ले गर्नु भएको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

