कृष्णनगर, चैत्र २
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर नजिक भारतबाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकीको अधारमा वि. ओ. पि. कृष्णानगरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य को कमाण्डमा खटिएको ७ जनाको टोली तथा वि.ओ. पि. विजयनगर बाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण केसीको कमाण्डमा खटिएको सात जनाको संयुक्त टोलीले रात्रिमा समातेको र प्रहरी देखन साथ चल्ला लयाउदै गरेका मान्छे समेत भागेको जानकारी भएको छ।
बरामद गरिएका १५०० गोटा ब्रोईलर कुखुराको अवैध चल्ला अनदाजी मूल्य एक लाख बिस हजार पर्ने सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ l
उक्त अबैध बरामद गरिएको चल्ला वि. ओ. पि. कृष्णनगरको प्रांगणमा पत्रकार, पशु क्वारेन्टाईनका प्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८र ९ अनुसार खाल्डो खनी नष्ट गरिएको जानकारी बोर्डर आउट पोष्ट कृष्णनगरले दिएको छ l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

