कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बस्ने लवकुश तिवारीलाई जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन l
नेपाली कांग्रेसका कृष्णनगर नगरपालिका वड़ा न ८ का कार्य समिति सदस्य लवकुश तिवारीले पार्टी परित्याग गरेर जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गरेका छन् l
कपिलवस्तु जिल्लामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी नेपाल तर्फ जनता आकर्षित भइ रहेको हजारौं व्यक्ति हरू पार्टी प्रवेश गरिसकेका छन् l यस पार्टी ले किसान लगायत सम्पूर्ण जनताको हितमा काम गर्ने जन विश्वासका साथ पार्टीमा प्रवेश गर्नेको लहर बढेको छ l
जनता प्रगतिशील पार्टी नेपालको कपिलवस्तुमा उपाध्यक्ष फरहान खान तथा महासचिव ईश्वर दयाल मिश्रको गृह जिल्ला रहेकाले जनता प्रगतिशील पार्टी नेपालको प्रभाव बढी रहने जन विश्वास रहेको छ l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

