Rashtriya Dainik

सुस्ता गाउँपालिका बासिलाई घरै पुगेर स्वास्थ्य सेवा

राष्ट्रिय दैनिक / नवलपरासी , २ चैत

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरैमा पुगेर स्वास्थ्य परीक्षण र औषधी वितरण गर्ने कार्य सुभारम्भ गरेको छ ।

स्वास्थ्यकर्मीले घरघरमै पुगेर उपचार र औषधि दिने काम सुभारम्भ हुने भएकोले दीर्घरोगी र अशक्त जेष्ठ नागरिकलाई त झन सहज हुने सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको हाे ।

सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयका अनुसार आफैं स्वास्थ्य केन्द्रसम्म जान आउन नसक्ने उमेरका बिरामीलाई सेवा दिन गाउँपालिकाले औषधिसहितका स्वास्थ्यकर्मी घरघरै पठाउने लक्ष्य लिएको छ। 

सुस्ता गाउपालिकाले दिइने सेवाले जेष्ठ नागरिकलाई धेरै लाभ पुग्ने विश्वास रहेको छ ।पालिकाले जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परिक्षण सेवा विस्तार घाेषणा कार्यक्रम चैत १ गते एक कार्यक्रम बिच घाेषणा गरेको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित