तुलसीराम पौडेल —
सियारी, चैत २
रुपन्देही स्थित सियारी खेलकुद बिकास समिति सियारी गाउँ पालिकाको आयोजनामा संचालित श्याम शर्मा स्मृति क्रीकेट प्रतियोगिता मंगलवार पनि विभिन्न समूह बीच प्रतिस्पर्धा भयो । मंगलवारको पहिलो खेल अमुवा युवा क्लब A भर्सेस छपिया क्रीकेट क्लब बीच प्रतियोगिता भएको थियो ।प्रतियोगितामा छपिया क्रीकेट क्लब विजयी भएको थियो ।छपिया क्रीकेट क्लबले ६ विकेट गुमाएर १५१ रन बनाउन सफल भयो।१५२ लक्ष्य पछ्याउँदै अमुवा युवा क्लब A ले ९७ रन मात्र बनाउन सफल भयो ।
जसअनुसार छपिया क्रीकेट क्लबले ५४ रनले अमुवा युवा क्लबलाई पराजित गरि बिजय भएको हो।
मंगलवारको दोस्रो खेल ध्रुवतारा युवा क्लब A भर्सेस अमुवा युवा क्लब B बीच प्रतियोगिता भएको थियोे ।प्रतियोगितामा ध्रुवतारा युवा क्लब A विजयी भएको छ।अमुवा युवा क्लब B ले सबै विकेट गुमाएर २९ रन बनाउन मात्र सफल भयो ।३० रनको लक्ष्य पछ्याउँदै ध्रुव तारा युवा क्लब A ले २ विकेट गुमाएर ३० रन हासिल गरि विजयी भएको हो।मंगल वारकै तेस्रो खेल सन राइजिङ्ग युवा क्लब भर्सेस नव ध्रुव तारा युवा क्लब B बीच प्रतियोगिता भएको थियोे ।प्रतियोगितामा सन राइजिङ्ग युवा क्लब विजयी भएको छ।सन राइजिङ्ग युवा क्लबले सबै विकेट गुमाएर १३९ रन बनाउन सफल भयो ।१४० रन पछ्याउँने क्रममा नव ध्रुव तारा युवा क्लब B ले सबै विकेट गुमाउँदै १२८ रन मात्र सफल भयो।जस अनुसार सनराइजिङ युवा क्लबले ११ रनले नव ध्रुव तारा युवा क्लबलाई पराजित गरि विजयी भएको हो।
बुधबारको क्वाटर फाइनल खेल सुर्यतारा युवा क्लब भर्सेस सनराइज युवा क्लब A बीच ,दोस्रो खेल शिवज्योती सामाजिक केन्द्र भर्सेस सन राइज युवा क्लब A बीच हुने सियारी गाउँ पालिका क्रीकेट खेल शिक्षक घनश्याम थारुले जानकारी दिनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

