राजन कुमार बानिया
पर्सा १ चैत
पर्साको सदरमुकामको रुपमा रहेको पोखरिया अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्षको अाज उदघाटन भएको छ।
पोखरिया अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन कक्षको एक कार्यक्रम का बिच प्रमुख अतिथि रहनु भएका नेपाल उधोग बाणिज्य महासंघ का बरिष्ट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र पोखरिया नगरप्रमुख दिपनारायण रौनियार ले संयुक्त रुपमा उदघाटन गर्नु भएका छन । वीरगञ्ज उद्योग वाणिज्य संघ को सहयोग मा र नगरप्रमुख दिपनारायण रौनियार पहलमा २५ लाख को लागत मा निर्माण भएको पोखरिया अस्पताल मा शल्य चिकित्सा कक्ष को उदघाटन भएको थिया। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल ले उदघाटन समारोह मा संबोधन गर्दै भने यो शल्य चिकित्सा र सघन उपचार कक्ष बाट जनता हरु लाई धेरै नै सहयोग पुगने बताए ।यश क्षेत्रका जनता यश समबन्धी अप्रेसन र उपचार गराउन बाहिर जादा लाखौ खर्च गर्नु परिरहेको ले अब अाफ्नै ठाउँ मा गराउदा लाखौ को बचत हुने बरिष्ट उपाध्यक्ष ढकाल ले बताए । कोरोना माहामारी को समय मा पोखरिया नगरप्रमुख को समन्वमा स्वास्थ्य समाग्री समेत सहयोग नेपाल उधोग बाणिज्य महासंघ ले गरेको थियो र अहिले पानी गरेका छन र अगामी दिन हरुमा समेत गर्ने प्रतिबधाता गर्नु भएको थियो। नेपाल उधोग बाणिज्य महासंघ ले अाफ्नो लगानी मा स्वास्थ्य ,शिक्षा मा लगानी गर्छ नेपाल सरकार को लगानी को भर मा बस्दैन महासंघ ले समाज को सेवामा लागि परेका छन। कार्यक्रम मा पोखरिया नगरप्रमुख दिपनारायण रौनियार ले भने पोखरिया अस्पतालमा तत्कालका लागि फार्मेसी, गर्भवती जाँच सेवा ,डिलेभरी सेवा, भिडियो एक्सरे , डिजिटल एक्सरे ,ल्याब सेवा, ओपिडि सेवा , नेबुलाइजर र २४ औ घन्टा ईमेर्जेन्सी सेवा ,एमबुलेन्स लगायतको सेवा प्रवाह भईरहेको अस्पतालमा आज देखी शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष संचालनमा आएपछी अब डिलेभरी गराउन अप्रेसन गर्नु परेमा सहज रुपमा यही सेवा दिने नगर प्रमुख रौनियार ले बताए । अस्पतालमा चिकित्सकसंग पोखरिया नगरबासी लगायत आऊने सम्पूर्ण नागरिकलाई उपचार गराउने तथा परामर्श समेत दिने ब्यवस्थापन गरिएको उनले बताए ।
‘निजी अस्पतालमा उपचारमा लाग्ने खर्च आम सर्वसाधारणले बेहोर्न सक्दैनन् । गरिब, विपन्नको उपचार गर्ने थलो भनेको पोखरिया अस्पताल नै हो’ उनले भने सोको मध्यनजर गरेर बाल उपचार कक्ष बनाएका हौं, भविष्यमा जटिल अवस्थाका बिरामी बालबालिका आएपनि उपचारका लागि निजी अस्पताल जान पर्दैन भन्ने विश्वास लिएका छौं
कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघ का उपाध्यक्ष उमेस लाल श्रेष्ठ ,जिल्ला प्रमुख उमेश ढकाल , पर्सा का एसपी रमेश बस्नेत बिरगंज उद्योग वाणिज्य संघ पर्सा अध्यक्ष सुबोध कुमार गुप्ता , सुमन फुयाल, उपमेयर सलमा ख़ातून , संविधान सभासदस्य प्रधुमन चौहान, नेता नेजामुदिन समानी , डाक्टर संजय गुप्ता लगायत स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन बिरगंज उधोग बाणिज्य संघ पर्सा को अधिकृत मनोज उपाध्याय ले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

