Rashtriya Dainik

नेपाली कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पप्पु रेग्मी, बर्दघाट, १ चैत्र ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति क्षेत्र नम्वर १ क को आयोजनामा १ दिने अन्तरक्रिया कार्यक्रम पश्चिम नवलपरासीको बर्दघाट वडा नम्वर ७ जिमिरेभारमा सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस प्रदेश सभा १ क का सभाति बेद प्रसाद शर्माको अध्यक्षता तथा नेपाली काँग्रेस केन्द्रिय सदस्य नवलपरासी प्रतिनीधि मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथिको आसनबाट बोल्दै, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक सम्रचना वडा, टोलका कार्य समितिहरुलाई सक्रिय बनाएर कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्नु पर्ने र ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने काँग्रेसको नीतिलाई पालना गर्नु पर्नेमा जोड दिए । सोहि अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले आगामी चुनावलाई संकेत गर्दै सबै कार्यक्रर्ता, नेतागणहरु ‘घर घरमा जाऔं, कांग्रेसलाई जिताऔं’ भन्ने मुल नारालाई आत्मसात गर्दै कार्यकर्ताहरुलाई परिचालन गर्न सकेमा चुनावमा काँग्रेस पार्टिले सफलता हासिल गर्न सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा १ क को उपसभापति नन्दु कुमार चौधरी, नेपाली कांग्रेस केन्द्रिय सदस्य माननीय देवेन्द्रराज कण्डेल, संबिधान सभा सदस्य देवकरण प्रसाद कलवार, महाधिवेशन प्रतिनीधि चन्द्र प्रसाद ढकाल, संघिय सभापति मुकुल आचार्य, जिल्ला सदस्य तपचन्द्र वि.क., निवर्तमान जिल्ला सभापति विष्णु प्रसाद पौडेल, बर्दघाट नगर सभापति दामोदर जि.सी. र बर्दघाट नगरका १६ वटै वडा सभापतिहरुले आ–आफ्नो वडामा भएका पार्टिको गतिविधि वारे आ–आफ्नो सुझावहरु राखेका थिए । कार्यक्रमको स्वागत सुरज के.सी.ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव पशुपति न्यौपानेले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित