Rashtriya Dainik

लोसपा कपिलवस्तुको सदस्यता बितरण कार्यक्रम सम्पन्न

प्रिन्स मिश्रा कपिलवस्तु – कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ६ थुमुवा चोकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सदस्यता बितरण कार्यक्रम सम्पन्न भएको छ ।

बलराम प्रसाद कुर्मीको अध्यक्षतामा कपिलवस्तु नगरपालिका वड़ा नं ६ थुमुवा चोकमा २ सय भन्दा बढीलाई सदस्यता बितरण गरिएको हो ।

सदस्यता बितरण कार्यक्रमलाई प्रकाश पर्दे कार्यक्रमको अध्यक्ष बलराम प्रसाद कुर्मी , प्रमुख अतिथि लोसपाका जिल्ला पर्यवेक्षक मधुसूदन सरण चौधरी , विशिष्ट अतिथि कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरि , अतिथि कपिलवस्तु क्षेत्र न २ का अध्यक्ष राम प्रकाश यादव , लोसपा महराजगंजका नगर अध्यक्ष ओमकार नाथ शुक्ल लगायत द्वारा सदस्यता बितरण गरि नयाँ सदस्यहरु लाई पार्टीमा स्वागत गरेर बितरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले जानकारी दिनु भएको छ ।

पार्टीले उतरदायी भई जनताको लागी काम गर्ने लगायत किसानहरुको हक अधिकारको लागि पार्टीले काम गर्ने भएकाले आउने चुनावमा लोसपालाई नै जीताउने स्थानीयहरूले समेत बताएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित