Rashtriya Dainik

साउदीका राजकुमार फैसल लाई नेपालमा स्वागत रहेको : राष्ट्रीय मदरसा संघ

कपिलवस्तु, चैत्र १

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहूद खां नेपालीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएको प्रति राष्ट्रीय मदरसा संघ नेपाल हार्दिक अभार व्यक्त गरेको छ l
मौलाना मशहूद खां नेपालीले बताएकी साउदी अरबका विदेश मंत्री नेपाल आएकोमा राष्ट्रीय मदरसा संघको तर्फबाट हार्दिक स्वागत गर्दछौं बताउदै नेपाल र साउदी अरब देशबिच अझ घनिष्ठ मित्रता बढ्दै जाने बताए l

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएको प्रति आफ्नो व्यक्तिगत तथा संघकोआ तर्फबाट हार्दिक स्वागत रहेको बताउदै शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा नेपाल र साउदी अरबको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गर्दै l उहाँको नेपाल भ्रमणले आफूहरूमा खुशीयाली भएको बताए l साथै लाखौं नेपालीहरू लाई रोजगारी दिएको साउदी सरकारको कार्य सराहनीय रहेको समेत बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित