Rashtriya Dainik

राजनीतिक दलले नै गर्छन सुनवल तुरिया खोला दोहन : कार्यवाहक नगर प्रमुख अर्याल मुकदर्सक

मिसन सबांददाता / नवलपरासी

पश्चिम नवलपरासीको सुनवलको तुरिया खोलाबाट नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको छ । स्थानीय तह अर्थात स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तुको बेलैमा ठेक्का नखोल्नु र चोरी तथा दोहन नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुग्दा चोरीका घटना बढेका हो ।

कुनै पनि ठेक्का हाल नभएको भए पनि रात दिन नदिजन्य खुलेयम चोरी निकासी भएपनि नगरपालिकाका प्रमुख र प्रहरी प्रशासन मौन देखिएको छ । पदार्थ तुरिया पुल उतर तर्फ ५०० मिटरमै नदिजन्य पदार्थ चोरी हुन्छ तर प्रशासन मुकदर्सक बन्छ ।

खोलामा ढुङ्गा , गिट्टी, बालुवा चोरी भएको प्रष्ट तुरिया पुलबाट देखिन्छ । तर स्थानीय सरकारका प्रतिनिधि सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख ददिराम अर्याल तथा सुनवल नगरपालिक वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर गुरुङ नदिजन्य पदार्थ चोरी गर्नेको अगाडी केहि चल्दैन नदिजन्य पदार्थ चोरी गर्ने टोलिलाइ भोट बैंकको रुपमा हेर्दा कार्यबाहक नगर प्रमुख अर्याल मुकदर्सक मात्र होइन डरछेरुवा देखिन्छन । तस्करीको अगाडी केहि चल्दैन अर्यालको , यसरी खुलेयाम चोरी हुदा किन मौन बस्छ नगरपालिका, यसको रहस्य बुझ्न जरुरी छ ।

दैनिक रूपमा निर्धक्क चोरी गर्नु कारण कमिसनको खेलको साथै अबको चुनाबी माहाेल बनाउन खेल रहेकोले नदेखे जस्तो गर्छन स्थानीय सरकारका प्रमुख अर्याल । कमिशनले गर्दा खोला दोहन भएको हो प्रस्ट बुझ्न सकिन्छ । कमिसन प्रहरी प्रशासन , बनका कर्मचारीहरुले लिने गरेको स्थानीय भन्छन। किनकि “हामी फोन गरेर खबर दिदा पनि नाआउने , आए ढिलो आउने गरेका छन ” ।

खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी राति दिन बराबर चोरी गरेको पाइएको छ । नदिजन्य पदार्थ चोरी गर्ने टोलि नै छन र टोलिले खोलाम जाने बाटोमा आफ्न् सुरकी राख्ने गरेको स्थानीय भन्छन।
राजनीतिक दलले सबै भन्दा बढी मात्रमा ट्याक्टरबाट ढुंगा, मिस्कट, बालुवा जस्ता नदीजन्य पदार्थ दोहन गर्ने सुनवल राजनीतिक दलका कार्यकर्ताको साथै केहि सप्लायर्स र केहि ब्यक्तिहरु खुलेयाम कारोबार हुन्छ ।

उधोग बाणिज्य संग सुनवलको अध्यक्ष रमेश कर्माचार्य ,तरुण दलका जिल्ला उपसभापति गोपी पुन , नेपाली काङ्ग्रेस कार्यकर्ताहरु बिपिन ठकुरी , हर्क राना ,सुमन थापा , लालहरि श्रेष्ठ , नेकपाका कार्यकर्ता विजय कर्माचार्य , रास्ट्रीय प्रजातान्त्र पार्टीका कार्यकर्ता राम देव राई, राधिका बस्नेत जस्ता राजनिक दलको नदि कटान ,खोला दोहन रोक्नुको सट्ट आफै खोला दोहनमा व्यस्त छन भने कसरी रोकिन्छ त खोला दोहन ?

यी सब कार्यकर्ताका टेक्टर सुनवलको चोक बाट दौडाउदा पनि सुनवल चोकमा रहेको ट्राफिक बिटमा डिउटी गर्ने ट्राफिक पनि खोला दोहन गर्नेहरुसंग केहि बोल्न सक्दैन किन कि ट्राफिक प्रमुखलाइ महिनवारी कमिसन जान्छ । त्यति मात्र होइन सुनवल नगरपालिकाले बेलैमा टेण्डर नगर्दा चोरी बढेको हो ।

चोरी गर्ने अधिकांस खोलाकै किनारमा बस्ने स्थानीय नै हुन । त्यस्तै स्थानियबासीहरुले तुरिया खोलाको पश्चिम् ,पुर्ब तर्फबाट ढुंगा निकासी गरिरहदा आफ्नो क्षेत्र भन्दा बाहिर गई चुरे क्षेत्रबाट समेत ढुंगा निकासी गर्ने गरेको आरोप लगाउदै खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गर्दा खोला भासिएर धेरै गहिरो र तुरिया पुल पनि भासिएको हुदा सो खोलाले खोला किनारको आवादि नम्बरी जग्गालाई निकट भविष्यमा ठुलो क्षति पुर्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित