संजय कुशवाहा / नवलपरासी ,३० फाल्गुन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाकाे मुख्य टाेलहरुमा युवा नेता धिरज त्रिपाठीले निःशुल्क वाइफाई जडान गर्ने घाेषणा गरेका छन ।
नेता त्रिपाठीले आफ्नाे ब्यक्तिगत लगानीमा प्रतापपुर गाउँपालिका अन्तर्गतको वडा नम्बर ६ को रेताटोला चोकमा , वडा नम्बर ८ गाउँमा ,वडा नम्बर ६ को प्रसौनी चौकमा लगाएत विभिन्न ठाउँमा सर्वसाधारण जनताको लागि फ्री वाईफाईको ब्यवस्था मिलाएको राष्ट्रिय दैनिकलाई जानकारी गराएका हुन ।
वाइफाई जडान कार्य सम्पन्न गर्न सन्तोस राजभर र बद्री यादवलाई दिइएको जानकारी दिइएका हुन ।
सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क रुपमा वाइफाईको व्यवस्था गरेको नेकपा माअाेवादी केन्द्रका युवानेताकाे रुपमा परिचित नेता त्रिपाठीले निःशुल्क वाइफाई जडान कार्य सुभारम्भ गरेको जानकारी गराएका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

