पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बिधालय विमुख किशोरीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
गाउँपालिकाले एक कार्यक्रम गरि सुस्ता गाउँपालिका भित्र रहेको ९२ जना बिधालय विमुख किशोरीहरु मध्ये ६७ जना किशोरीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

पालिकाले बिधालय विमुख किशोरीहरुको थप बिधालय जाने वातावरण र उत्साह थप दिनको लागी शैक्षिक सामग्री वितरण गरिएको पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताएका छ्न ।
पालिका अध्यक्ष पाण्डेयको अनुसार बेस नेपाल परासी र केयर नेपालको साझेदारीमा संचालन भइरहेको किशोरी शिक्षा तथा सशक्तीकरण कार्यक्रम(उडान ३) बाट अध्ययन गर्दै आएको किशोरीहरुलाई बिधालय झोला,औजार बक्स,क्यालकुलेटर लगायतको शैक्षिक सामग्री वितरण गरिएको उनले बताए

बेस नेपाल र केयर नेपालको साझेदारीमा सुस्ता गाउँपालिकामा सन २०२१ जुलाई देखी सन २०२२ फेब्रुअरी सम्मका लागि संचालनमा आएको किशोरी शिक्षा तथा सशक्तीकरण कार्यक्रम (उडान ३)ले सुस्तामा ५ वटा सेन्टर बनाएर कक्षा संचालन गर्दै आईरहेको थियो ।
सुस्ता गाउँपालिकाको सुस्ता २ महलबारी आमा समुह महलबारी,सुस्ता ३ को नारायणी गण्डकी आधारभुत बिधालय पथरकला,सुस्ता ४ को सहिद बिष्णु पाण्डेय प्राथमिक बिधालय नर्सही,सुस्ता ५ शिवगङ्गा प्राबी र सुस्ता ५ नारायणी नदि पारीमा रहेकोे जनता दलित प्रा बि गरि बेस नेपालले ५ वटा सेन्टर पारी कक्षा संचालन गर्दै आएको र बिधालय विमुख भएका ९२ जना किशोरीहरु मध्ये ६७ जनालाई सुस्ता गाउँपालिकाको कार्यालयले शैक्षिक सामग्री वितरण गरेको बेस नेपाल उडान ३ कार्यक्रम कि फिल्ड सुपरभाइजर मन्जु कुमारी श्रेष्ठले जानकारी गराइन ।

बेस नेपालले सुस्तामा बिधालय नगएका तथा बिधालय विमुख भएका किशोरीहरुको शैक्षिक क्षेत्रमा सुधार ल्याउन र थप क्षमता बढाउने उदेश्यले कक्षा संचालन गर्दै आइरहेको छ भने सो कार्यक्रमबाट अध्ययन गर्दै आइरहेको बिधालय विमुख किशोरीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

पालिकाले एक किसिमको बिधालय विमुख किशोरीहरुलाई शैक्षिक सामग्री वितरण गर्दा आफुहरुमा थप शिक्षा हासिल गर्नमा उत्साह थपिएको हुदा पालिका परिवारलाई किशोरीहरुले धन्यवाद पनि व्यक्त गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

