Rashtriya Dainik

माओवादी केन्द्र विजयनगरको अध्यक्षको ट्याक्टर बालुवा चोर्दा समातियो

कपिलवस्तु , फागुन ३०
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ चोरेर ल्याउँदै गर्दा २ सवारी साधन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गणेसपुरको अनुसार आइतवार लोहरौला नजिकको खोलाबाट लु ३ त ५५१० नम्वरको टयाक्टर र रा १ ख १५३५ नम्बरको टिप्पर पक्राउ परेको बताइएको छ । पक्राउ परेको ट्याक्टर नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटि अध्यक्ष तेज प्रसाद पौडेलको रहेको स्थानीय कैलास भारतीले जनाएका छन् ।
माओवादी केन्द्र जस्तो जिम्मेवार दलको प्रमुखको सवारी साधन चोरी गरेको अवस्थामा पक्राउ हुनु लाजको विषय भएको स्थानीयले बताएका छन् । पक्राउ परेका सवारी साधन सोमवार विजयनगर गाउँपालिकालाई जरिमाना तिराई खुसुक्क निकालिएका छन् । पालिकाले सवारी साधनलाई १० हजार रुपैयाँ जरिमाना तिराएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित