Rashtriya Dainik

नवलपरासी पश्चिममा कांग्रेसको १ महिने अभियान सुरु

बिनाेद निगम /नवलपरासी ,३० फाल्गुन । नेपाली कांग्रेसले सुरु गरेको  ‘घर घर जाऔं,काङ्ग्रेस जिताऔं अभियान’अन्तरगत अाइतबार नवलपरासी पश्चिममा एक औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रिय सद्स्य मा.देवेन्द्र कण्डेलको प्रमुख आतिथ्यतामा केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठ  बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश महामन्त्री,प्रदेश सद्स्य,जिल्ला पदाधिकारी एवम जिल्ला नेता कार्यकर्ताहरुको उपस्थितिमा केन्द्रिय सद्स्य कण्डेलले बिरुवामा पानी राखेर १ महिने अभियानको कार्यक्रम उद्घाटन गर्नु भएको हो ।

उक्त जिल्ला अभियान कार्यक्रमको सभापतित्व अर्जुन पोखरेलले गर्नु भएको थियो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित