तुलसी राम पौडेल
बुटवल ,३० फागुन
नेपाल ढकाल समाधान प्रतिस्ठान रुपन्देहीको प्रथम भेला तथा साधारण सभा सम्पन्न भयो।सम्पन्न भेला तथा साधारण सभाले खोमराज ढकालको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।त्यसै गरि उपाध्यक्षमा बिजय ढकाल ,सचीव कपिलमणी ढकाल ,कोषाध्यक्ष देवी ढकाल (महिला ) चयन हुनु भएको छ।
त्यसै गरि सदस्यहरुमा बलराम ढकाल ,चुडामणिा ढकाल ,बुद्धि प्रसाद ढकाल ,दिवाकर ढकाल ,गङ्गा ढकाल ,दिपा ढकाल ,शोभा ढकाल, डिल्लीराम ढकाल ,नोलराज ढकाल ,गुरु प्रसाद ढकाल ,घनश्याम प्रसाद ढकाल सर्वसम्मत चयन भएका छ्न ।सल्लाहकारमा टेकराज ढकाल ,ढुण्डिराज ढकाल ,पुननारायण ढकाल ,हरिश ढकाल ,प्रस्ताव गरिएको छ।
केन्द्रिय प्रतिनिधिमा माया ढकाल रहनुभएको छ।
भेला खोमराज ढकालको अध्यक्षता,नेपाल ढकाल प्रतिस्ठानका केन्द्रिय अध्यक्ष टिकाराम शर्मा ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
बिजय ढकाल एवं एकराज ढकालको स्वागत मन्तव्य तथा कपिलमणी ढकालको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका पुर्व उपकुलपति रेशमराज ढकाल ,बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लिला बल्लभ ढकाल ,केन्द्रिय सदस्य नन्दिकेशर ढकाल ,तिलोत्तमा नगरपालिका -४ का अध्यक्ष दिवाकर ढकाल ,नेपाल ढकाल समाज प्रतिस्ठान कपिलवस्तुका अध्यक्ष पदमराज ढकाल ,प्रदेश सदस्य होमराज ढकाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

