Rashtriya Dainik

मेयर सरावगीको काग्रेस देखि एमाले सम्मको यात्रा

वीरगंज २९ गते
वीरगंज महानगरपालिका नगर प्रमुख बिजय सरावगीले एमालेमा प्रबेश गरेका छन्।

नेकपा एमालेका पर्साका नेता बसुरदिन अंसारीको दाईको छोरीका बिवाह कार्यक्रममा वीरगंज अाउनुभएका पुर्व प्रधानमन्त्री एवा पार्टी अध्यक्ष केपी शर्मा अोलीले नगर प्रमुख सरावगीलाई टीका लगाई पार्टी प्रबेश गराउनुभएको थियो।

जनता समाजवादी पार्टी (तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल) बाट निर्वाचित मेयर विजय सरावगीले शनिबार वीरगञ्जमा नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीको हातवाट टीका लगाई कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

यहाँस्थित नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् वीरगञ्ज आएका पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले मेयर सरावगीलाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका छन् । सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवार, वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष अवध किशोर कुशवाह, माओवादी केन्द्रका नेता बाबुराम कौशिक ,जिल्ला समन्वय समितिका सदस्यहरु तथा वडा सदस्यहरु लगायतले एमाले प्रवेश गरेका छन् ।

व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले जसपाभित्रका केही नेता र कार्यकर्ताहरुले आफूलाई अफ्ठ्यारोमा पारेको भन्दै पार्टी परित्याग गरेका छन् । जसपा त्यागेर सुरुमा कांग्रेस प्रवेश गर्ने चर्चा चलेपनि मेयर सरावगीलाई मेयरको टिकट दिने नेताहरुसँग कुरा नमिलेपछि उनले एमाले प्रवेश गरेको छन् । कांग्रेस प्रवेश गर्ने विषयमा उनले प्रधानमन्त्री शेर बहादुर देउवासँग समेत भेटघाट गरेका थिए । तर जिल्लामा रहेका कांग्रेसका नेताहरुले सरावगीलाई साथ नदिएपछि उनि ओलीसँग भेटघाट गरेर एमाले प्रवेश गरेका हुन् ।

वीरगंज उधोग वाणिज्य संघको पुर्वा अध्यक्ष सरावगी हुन्।

वीरगंजका नगर प्रमुख सरावगी वीगत केही बर्ष पहिला नेपाली काग्रेसमा पार्टीमा जोडिएका थिए तर राजनितीक लाभ लिनको लागि उनी नेपाली काग्रेस छोडेर माअोबादीमा प्रबेश गरेका थिए।तर २०७० सालको संविधान सभाको निर्वाचनमा माअोबादीले समानुपातिक कोटावाट सासंद नबनाएपछि उनीले नेकपा माअोबादी केन्द्र पार्टी छोडेर २०७४ वाट सालमा तत्कालीन संघिय समाजबादी फोरम नेपाल अहिलेको जसपामा प्रबेश गरि
जिल्ला स्तर देखि केन्द्र सम्म तिनवटा स्कारपियो गाडि दिएर नगर प्रमुखको टिकट लिई वीरगंज महानगरपालिका प्रमुख बन्न सफल भएका थिए। उनी विगत केही दिनदेखि जसपा पार्टी छोडेर काग्रेसमा प्रवेश गर्न केन्द्रका नेताहरु सम्म गएपनि पर्साका नेताहरुले नमानेपछि मेयर सरावगीले एमाले रोजेका छन्।

मेयर सरावगी व्यापारी पुष्टिभुमीवाट राजनीतिकमा अाएको हुनाले उनी राजनीतिक पनि व्यापार जस्तै गर्दे अाएको एक जना जसपाका नेताले बताए।

पर्सामा एमालेमा दुईगुटमा रहेका छन्।एमालेमा एका तर्फ बसुरद्धिन अंसारी र प्रभु हजारा रहेका छन् भन्ने अर्को गुटमा केन्द्रका नेता राजकुमार गुप्ता, बिचारी यादब र सुन्दर कुर्मी रहेका छन् ।

यता, टिकट पाउने आश्वासनमा वीरगंज महानगरपालिकाको मेयरका अर्का प्रत्यासी राजेशमान सिंह यसअघि नै लोकतान्त्री समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै एमाले प्रवेश गरिसकेका छन्। सरावगी पनि एमाले गएपछि मेयरको टिकट कसले पाउने भन्ने कुरा चासोको विषय बनेको छ।

एमालेका एक नेताले पार्टीका केही नेताहरुले वीरगंज महानगरपालिकाको टिकट सरावगीलाई दिलाईदिन्छु भन्नेर मोटो रकम लिई पार्टीका स्थानीय नेता कार्याकर्ताहरुलाई नबोलाई पार्टी प्रवेश गराएको हुनाले एमालेका केहि नेताहरु असन्तुष्ट भएका छन्।

कार्यक्रम पश्चात ओली जसपा त्यागेर एमाले जान लागेका बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीलाई पार्टी प्रवेश गराउन बारा पुगेका छन् । उनि आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको नेकपा एमालेका नेताले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित