Rashtriya Dainik

सियारीमा जेष्ठ नागरिकहरुको घर घरमै गएर उपचार

सियारी, फाल्गुन २९
रुपन्देहीको सियारी गाउँपालिकाका जनप्रतिनिधिहरु ,स्वास्थ्यकर्मी,महिला स्वास्थ स्वयंसेविका लगायतको टिम जेष्ठ गाउँपालिका अन्तरगतका जेष्ठ नागरिकको घर घरमा गएर स्वास्थ्य उपचार गर्ने घरदैलो अभियान चलाएका छन् नागरिक आरोग्य केन्द्र सियारी -३ हर्नैया ,सियारी गाउँ पालिका र लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको समन्वयमा सियारी -२ मा जेष्ठ नागरिकको स्वास्थ्य उपचारको लागि घरदैलो कार्यक्रम शुरु गरिएको थियोे ।
सियारी -२ का ९१ बर्षिय जेष्ठ बाट कार्यक्रम शुरुआत गरिएको हो।जेष्ठ नागरिकको स्वास्थ्य कार्यक्रम अन्तरगत
अश्वगन्धा , शिलाजित वितरण गरिएको थियोे ।त्यसै गरि सुगर ,पिसाब ,मलेरिया जाच गर्नुको साथै क्षयरोग जाचको लागि नमुना खकार संकलन समेत गरिएको थियो।
घरदैलो अभियानमा सामान्य रोगको उपचारको लागि औषधि वितरण तथा रोग अनुसारको स्वास्थ्य परामर्श दिइएको थियोे ।यसै गरि गाउँपालिकाको अन्य वडाहरुमा पनि घरदैलो अभियान शुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
कार्यक्रममा गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु,उपाध्यक्ष अमृता गुरुङ ,वडाका जनप्रतिनिधिहरु,ल गाउपालिका स्वास्थ्यशाखा प्रमुख बुद्दिबहादुर घर्ती , नागरिक आरोग्यकेन्द्र सियारीका प्रमुख जिवन पोख्रेल ,मैनहिया हेपोका प्रमुख युवराज भण्डारी ,हेल्थ असिस्टेन्ट लक्ष्मण सुनार लगायत अन्य स्वास्थ्यकर्मीहरु अमृत बस्याल ,महेन्द्र अर्याल ,प्रवीणा बरइ लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेकोे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित