Rashtriya Dainik

नवलपरासीमा हराएकाे युवक नारायणीमा मृत अवस्थामा फेला

कृष्णा गिरी / नवलपरासी/ फागुन २९ ।

पश्चिम नवलपरासी जिल्लाकाे सु्स्ता गाउपालिका वडा न ५राम नगर बस्ने बर्ष १८का अजय राजभर गत २६गते देखि बेपता भयका युवक आज मृत अवस्था मा फेला परेका छन ।

प्रहरीले खाेजतलास गर्दै जादा आज उनि चार दिन पछि साेे युवक मृत अवस्था मा नारायणी नदिमा तैरिदै गरेकाे अवस्था भेटिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी का सुचना अधिकारी प्रेम बहादुर शाहिले बताए ।

बेपता भएका राजभर काे खाेजि गरिदिनका लागि उनका आफन्तले प्रहरीलाई जानकारी गराएपछि नवलपरासी प्रहरी निकै सक्रियताका साथ खाेजतलासका लागि परेकाे थियाे ।

हामी हराएकाे जानकारी पाउना साथ नवलपरासी का प्रहरी टिम निकै सक्रियताका साथ खाेजि कार्यमा लागि परेका थियाै साेहि अनुसार आज लास भेटाउन सफल पनि भयाै!

सुचना अधिकारी शाहिले बताउनु भयाे ।उता सशस्त्र प्रहरी बलले पनि निकै सक्रियताका साथ खाेजि कार्यमा निरन्तरता दिएकाे थियाे।खाेजिकार्यलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समिति नवलपरासी काे बैठक बसि गरेकाे निर्णय अनुसार सशस्त्र प्रहरी बल २६नम्बर गण बेलासपुर पश्चिम नवलपरासीकाे माध्यम बाट प्रदेश स्तरीय बिपत ब्यवस्थापन गाेताखार टिम ल्याई हिजाे दिभरि नारायणी नदिमा खाेजतलास कार्य गरिएकाे थियाे।

आज मात्र लास भेटिएकाे सशस्त्र प्रहरी बल २६न गण का सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित