Rashtriya Dainik

एमसीसी पारितका बिरुद्ध बिरोध सभा

नवलपरासी – संयुक्त युवा संगठन पश्चिम नवलपरासीले एमसीसी पारितका बिरुद्ध शनिवार बर्दघाट–९ भुताहामा बिरोध सभा गरेको छ ।
मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी ) सम्बद्ध क्रान्तिकारी युवा लीग नेपाल ,विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल र नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले एमसीसी पारित तथा पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर्न माग गर्दै बिरोध गरेका हुन ।
संयुक्त युवा संर्घष समितिमा आबद्ध तीन संगठनहरुले राजामहात्मा पुर्णभद्र माविको गेटनजिकबाट नाराबाजी गर्दै ‘ दलालहरु होसियार, एमसीसी चाहिदैन देश बेच्न पाईदैन, पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि फिर्ता गर , जस्ता चर्का नाराबाजी गर्दै निस्किएर भुताहा चोक पुगेर पुनः सोही स्थानमा सभामा परिणत भएको थियो ।
राष्ट्रिय झण्डा र तारा अंकित झण्डा लिएर बिरोधमा उत्रिएका उनीहरुले एमसीसी पास गर्ने दलहरुलाई दलालको संज्ञा दिदै संर्घषको बिकल्प नभएको बताएका थिए । उनीहरुले केन्द्रमा भएको ६ दल निकट युवा सगठनको कार्यक्रम अनुसार बिरोध प्रर्दशन गरेको जानकारी दिए ।
कोणसभामा क्रान्तिकारी युवा लीग नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पुर्ण प्रसाद पोखरेलले एमसीसी पारित गर्ने दलालहरुलाई कुनै हालतमा युवाहरुले नछाड्ने बताउनुभयो ।
विप्लव निकट युवा संगठन नेपालका जिल्ला अध्यक्ष कृष्ण गिरीले एनसेल लगायतका दलाल कम्पनीहरुलाई ७२ अर्ब कर मिनाहा गर्ने दलालहरुले नै अमेरिकन प्रोजेक्टबाट ५५ करोड डलरको लोभमा राष्ट्रघात गरेको बताउनुभयो ।
जिल्लामा ६ दल दुई मोर्चा आबद्ध जनबर्गीय मोर्चा संगठनहरुले एमसीसी पारितको बिरोधमा सर्घष गर्दै आएका छन् । घोषित कार्यक्रम अनुसार चैत्र २ गते किसानहरुको प्रर्दशन रहेको आयोजकले जानकारी दिएका छन् ।
६ दल आबद्ध मोर्चाका ३ दल र २ दुई मोर्चा पश्चिम नवलपरासीमा क्रियाशिल रहेका छन् । संर्घष समितिमा सक्रिय दलहरुका जनवर्गीय तथा मोर्चा संगठनको चैत्र ६ गते सम्मका संयुक्त कार्यक्रम तय भएको क्रान्तिकारी माओवादीका प्रदेश सदस्य तथा कार्यबहाक जिल्ला सक्रेटरी क्षेत्रबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
युवाहरुको प्रर्दशन पछि किसान तथा जातीय क्षेत्रीय संगठनहरुको बिरोध प्रर्दशन रहेको आयोजक एमसीसी बिरुद्ध संर्घष समिति पश्चिम नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित