बारा, २९ फागुन / नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा रामानन्द यादवले सभापतिको रुपमा राजेश राय यादवलाई समर्थन जनाएको बारे सत्य कुरा बाहिरिएको छ । राजेश राय यादवलाई रामानन्द यादवले समर्थन गर्न अघि मेयरको टिकटको शर्तमा समर्थन गरिएको बारे सम्झौता पत्रमा उल्लेख भएको कागज बाहिरिएपछि उजागर भएको हो ।
कलैया उपमहानगरपालिकाको मेयर पदको लागी शर्त राख्दै गरेको सहमतिको बिषयमा गरिएको कागजी प्रकृयाले समर्थन, स्वार्थमा भएको बारे उजागर भएको छ । आफ्नो स्वार्थको लागी गरिएको सहमतिको बिरोध जनाउदै मनोज भठको नेतृत्वमा सचिव पदको लागी उम्मेदवारी दिएका राजेश रौनियार, सह—सचिवका उम्मेदवार राजेश सिंह लगायत नेताहरुले शम्भु बहादुर बुढाथोकीलाई समर्थन गर्ने जनाएका छन ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै मनोज भठले नेपाली कांग्रेस पार्टीको सभापतिमा राजेश राय यादव कुनै किसिमले उपयुक्त नदेखिएकोले आफ्नो समर्थन शम्भु बहादुर बुढाथोकीलाई गरेको बताए । उहाका अनुसार बोल्न समेत नजान्नेले आफ्नो पार्टीको हितमा काम गर्नै नसक्ने बताउदै बुढाथोकीलाई समर्थन गरिएको बताउनु भयो ।
त्यस्तै नेता राजेश रौनियारले हालसम्म आफ्नो पार्टी भित्र कुनै किसिमको योगदान राजेश राय यादवले नगरेको बताउदै आफ्नो समर्थन शम्भु बहादुर बुढाथोकीलाई गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाले पार्टीको हित विपरीत कार्य गर्नेहरुको समर्थनमा आफु कहिलेपनि नजुटने बताउदै समर्थन गरिएको बताए । शम्भु बहादुर बुढाथोकी इमान्दार र आफ्नो पार्टी प्रति वफादार रहेको कारण आफुहरुले समर्थन गरेको नेता रौनियारले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

