राजन कुमार बानिया
पर्सा २८ फागुन
अार एम केडिया अाँखा अस्पताल परवानीपुरको सहयोगमा र जसपा नेपाल आयोजनामा आज एक दिने निशुल्क अाँखा शिबिर पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा सम्पन्न भएको छ। श्रीमंगल माबी भिस्वामा आयोजना गरिएको निशुल्क अाँखा शिविरमा ४सय ५जनाले आँखा चेकजाँच गराएका थिए।
जस मध्ये १ सय ४० जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाका ले जनाएको हो । शिबिरमा निःशुल्क औषधी वितरण गरिएको थियोे । निशुल्क अाँखा शिबिरमा मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने अायोजक संस्था का ईगरासन साह कलवार ले जनाए का छन।
निशुल्क अाँखा शिबिर प्रदेश सांसद सिंगासन साह कलवार को प्रमुख्य अतिथ्य मा सम्पन्न भएको थियो निशुल्क अाँखा शिबिरमा केडिया अँखा अस्पताल का चिक्तिसक ,रासदेव साह, संतोष साह,लालबाबु मण्डल,राजेश अधिकारी,चनरमन पटेल लगायतले अँाखाका रोगीहरुलाई चेकजाच गरेका थिए। निशुल्क अाँखा शिबिर मा जसपा का स्थानिय दिपेन्द्र साह, रामपुकार यादव ,कृष्णा साह ,अबदुल मियाँ , लगायत को सहभागिता रहेको थियो ।शिबिर मा मोतियाबिन्द रोगी हरु लाई परवानीपुर मा निशुल्क अप्रेसन गराउने अायोजक संस्था ले जनाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

