राजन कुमार बानिया
पर्सा २८ फागुन
जनता समाजबादी पार्टी नेपाल जसपा (नेपाल) पर्सा क्षेत्र नं ३ को क्षेत्रिय कार्यकर्ता भेला तथा होली मिलन समारोह कार्यक्रम अाज पर्साको पोखरियामा समपन भएको छ। क्षेत्रिय कार्यकर्ता भेला तथा होलि मिलन समारोह सांसद हरिनारायण रौनियारको प्रमुख अतिथ्यतामा सो होलि मिलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संबोधन गर्दै सांसद रौनियारले भने बितेको दिनमा भएको कमीकमजोरी लाई बिर्षेर ईमान्दारी पुर्वक लागन अाग्रह समेत गर्ेका छन। सांसद रौनियार भने म चुनाव जितेे देखिनै जनताहरु र बिकासको काम निरंतर लागि परेको छु । अाफ्ना क्षेत्रका जनता हरुको दुख सुखमा साथैरहेको छु। केही दिन एता निलम्बनमा परेर पनि जनता हरुको दुख सुखमा रहेर भौतिक बिकास समेत गर्दै अाएको दाबी गरे। सांसद रौनियारले बैसाख ३० गते हुन गईरहेको स्थानिय चुनावमा जसपा नेपालका नेता कार्यकर्ता हरुलाई गाउँ गाउँमा जान अाग्रह समेत गर्नु भएको थियो। जसपा नेपालका नेता कार्यकर्ता हरुलाई चुनावमा लागेर छ वटा गाउँपालिका र नगरपालिकामा चुनाव जितन दाबी गरे। सांसद रौनियारले अाफ्ना नेता कार्यकर्ता हरुलाई होली मिलन समारोहमा अबिर लगाउदै भने अाउने होलीको दिन विशेष टडक भडक नगरि सभ्यरुपमा होली पर्व मनाउन अाग्रह समेत गरेका थिए। क्षेत्रिय कार्यकर्ता भेला तथा होली मिलन समारोह क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्ष्ातामा समपन भएको थियो। कार्यक्रम मा जसपा नेपाल बाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएका बिजय चौरसिया, श्रीलाल साह मोदी, प्रदिप जयसवाल, जसपा नेपाल का प्रदेश सदस्य दिपक यादव , किसान संघ का शिवकुमार साह,क्षेत्र नं ४ ख का बिधायक उमेदवार गौरिशंकर प्रसाद साह,पोखरिया नगरपालिका को उपमेयर सलमा खातुन , युवा नेता राजु साह,सिंगासन साह, पानालाल साह, लगायत सयौ को संख्यामा सहभागीता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

