सरु भुसाल / विहादी ,पर्वत | पर्वतको विहादी गाउँपालिकामा आजबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ |
विहादी गाउँपालिका स्वस्थ शाखा प्रमुख हरि भुसाले दिएको जानकारी अनुसार गाउँपालिकाले ६ वटा वडा भित्रका विभिन्न स्वस्थ चौकी ,विद्यालय ,धेरै मानिसलाइ पाइपर्ने चोकलाई सेन्टर बनाएर ओषधी खुवाइने विहादी गाउँपालिका स्वस्थ शाखाले जनाएको छ |
विहादी गाउँ पालिकामा आजबाट सुरु हुने अभियानमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेर आफू र आफ्नो परिवारलाई हात्तीपाइले रोककै कारणले हुन्न सक्ने अपाङ्गता बाट बाच्न र बनाउन समेत गाऊँपालिकाले अनुरोध गरेको छ |
तर यो औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने कार्यक्रममा भुसाले जानकारी गराउनु भएको छ | अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने जनाइएको छ । औषधि चैत ३ गतेसम्म खुवाइने छ |
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

