कृष्णनगर, फागुन २८
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा आज देखि हात्ती पाइले रोग विरूद्धको औषधि सेवन कार्यको समुद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमु रजत प्रताप शाहले औषधि सेवन गरि समुद्घाटन गरेका छन् l
कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा नगर प्रमुख शाहले समुद्घाटन गर्दै नगर भित्रका २ बर्ष भन्दा तल र गर्भवती महिला बाहेक सबैलाई हात्ती पाईले बिरूद्ध को औषधि खान आग्रह गर्दै नगर लाई हात्ती पाईले रोग मुक्त नगरपालिका बनाउन अपिल गरे l
कार्यक्रम आज बाट सुरू भइ १४ दिन सम्म चल्ने र घर घरमा गइ चिकित्सक ले हात्ती पाइले रोग बिरूद्धको औषधि आफनै निगरानीमा खुवाउने कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शंकर भट्टराईले बताउनुभयो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

