उमेश बि.क / नवलपरासी , २८ फाल्गुन
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ६ मधवलियामा शुक्रबार निशुल्क अाँखा शिविर सम्पन्न भएको छ ।
Partners For Equity को आर्थिक सहयोगमा तथा अलहुदा मानव सेवा संस्था एवं डा. बिनाेद निता कण्डेल अाँखा अस्पताल परासीकाे संयुक्त अायाेजनामा निशुल्क अाँखा शिविर सम्पन्न भएको हाे।

शिविरमा ५६४ जनाले आखाँ जाच गराएका थिए । जस मध्ये २४१ जनाको मोतिया बिन्दुको समस्या भएको पाइएको थियाे ।

शिबिरमा बालबालीकादेखि ८५ बर्ष सम्ममा बृद्धबृद्धाहरुको सहभागिता रहेको थियो । शिबिरमा डाक्टर नेत्र बहादुर मगरको नेतृत्वमा ८ सदस्यीय चिकित्सक टोली सहभागि रहेका थिए ।

अलहुदा संस्थाका अध्यक्ष अताउर रहमानकाे अध्यक्षता तथा डा. बिनाेद निता कण्डेल अाँखा अस्पतालकाे अध्यक्ष मन्जु कण्डेलकाे प्रमुख अातिथ्यता एव सरावल गाउँपनलिका अध्यक्ष राधेश्याम चाैधरीकाे विशिष्ट अातिथ्यतामा निशुल्क अाँखा शिविर सम्पन्न भएको हाे।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

