दोरेन्द्र खड्का बझाङ
छबिसपाथिभेरा गाउँ पालिका नवौ हिउदे गाउँ अधिवेशन सम्पन्न भएको छ । आज छबिसपाथिभेरा गाउँ पालिक को सभाहलमा अधिवेशन संञ्चालन गरिएको थियो । छबिसपाथिभेरा गाउँ पालिका अध्यक्ष अक्कल बहादुर धामी को अध्यक्षतामा नावौ हिउदे अधिवेशन संञ्चलान गरिएको थियो ।
छबिसपाथिभेरा गाउँ पालिका को नवौ गाउँ सभामा बोल्दै छबिसपाथिभेरा गाउँ पालिका अध्यक्ष अक्कल बहादुर धामि ले स्थानिय सरकारलाई प्रभावकारी सिंहदरबार बनाउने हो भने, स्थानिय सरकारलाई संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । स्थानिय सरकारलाई मजबुद बनाउनका लागी प्रदेश र संघ सरकारले पनि आर्थिक रुपमा बलियो बनाउनु पर्ने र अहिले बजेट अभावका कारण योजना बनाउन पनि नगरपालिकालाई गाह्रो हुने गरेकाले सोचेको नगरपालिका बनाउन मानविय सोचका साथै लैङ्गीक, जातिय विभेद, बालविवाह लगाएतका कुरालाई पनि ध्यान दिइ अगाडी बढ्नु पर्ने र त्यो अनुसार जनप्रर्तिनिधि कर्मचारीको दक्षता र योग्यता अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको हो ।
छबिसपाथिभेरा गाउँपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत गगन एडि ले प्रस्तुत गरेको प्रगति प्रर्तिवेदन र लेखा अधिकृत मुकेश थापा ले प्रस्तुत गरेको वितिय प्रतिवेदन माथि जनप्रतिनिधि तथा पार्षदहरुले छलफल गरेका थिए । कार्यपालीकाले कार्यविधि संसोधन तथा अनुमोदन र रकमान्तर रकम माथि छलफल तथा अनुमोदन गरेको थियो । छबिसपाथिभेरा गाउँ पालिका ले यस फाल्गुन मसान्त सम्म पुँजी तर्फ ५१ प्रर्तिशत रकम खर्च भएको बताएको छ । नवौ अधिवेशनले गाउँ पालिका का योजना तथा गतिविधिहरु छिटोछरितो अगाडी बढाउनुपर्नेमा सुझाव समेत दिएका थिए । साथै सबै शाखा का प्रमुख हरु ले आफ्नो शाखाकाे प्रगति प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियो ।छबिसपाथिभेरा गाउँ पालिका ले आर्थिक बर्ष २०७८, ०७९ सम्मको फाल्गुन मसान्त भित्र गरेको प्रगति तथा वितिय प्रतिवेदन माथि समेत छलफल तथा समिक्षा गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

