रंजित चौरसिया,वीरगंज २७ फागुन। रौतहटको सहरमुजवाबाट हुन्डी कारोवारी सहित नगद र भारतीय नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले हुन्डीको नगद सहित कारोवारी र भारतीय नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिन सफल भएको हो ।
शुक्रवार करिब १२ बजेको समयमा खटिएको स्कवाड टोलीले रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ९ सहरमुजवाबाट हुन्डीको १८ लाख ७३ हजार सहित भारतीय नागरिकलाई स्कवाड टोलीले नियन्त्रणमा लिन सफल सशस्त्र प्रहरीले जनाएको छ । भारतीय नम्बर बि.आर.०५ वाई २०७९ नम्बर मोटरसाइकलको सिट मुनि, हेलमेट भित्र र टुल बक्स भित्र लुकाई छिपाई हुन्डीको कारोवार भइरहेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले भारतीय नागरिक सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले जनाए अनुसार भारतको पुर्व चम्पारण जिल्ला मोतिहारी थाना महुअवा बस्ने ४५ बर्षिय दिप नारायण प्रसादलाई हुन्डीको नगद सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले बनाएको छ । नेपाली रुपैया १८ लाख ७३ हजार नगद र भारतीय मोटरसाइकलको मुल्य १ लाख गरी जम्मा १९ लाख ७३ हजार सहित भारतीय नागरिकलाई अवाश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

