Rashtriya Dainik

बजार समितिको नाऊमा भिस्वानाकाबाट व्यापक रुपमा तस्करी शुरु

कृष्ण यादव / २७ वीरगंज

भिस्वा नाकावाट बजार समितिको नाऊमा व्यापक रुपमा तस्करी भईरहेको छ।

भिस्वा बजारको नाऊमा समिति गठन गरि समितीको नाऊमा मुन्नाले वीरगंज बजारवाट डाबरको पेस्ट , चाईनिज कस्मेटिक सामानहरु , मोटर , मरिच, चाईनिज स्याऊ लगाएतका सामानहरु लोड गरि भिस्वा बजारमा स्टोक गरि रातिको समय साईकल ,मोटरसाइकल र अाईमाईहरुलाई प्रयोग गरि छिमेकी मुलुक भारतको सिक्टामा अवैध रुपले पुर्‍याउने गरेको स्रोतले जनाएको छ।

भिस्वा नाकावाट बजार समितिको नाऊमा परम्परागत रुपले हुँदै अाएको तस्करी अहिले होलोको अवसरमा व्यापकरुपमा फस्टाएको छ।

भिस्वा नाकावाट मुन्ना , पप्पु , लड्डु ,रमो लगाएत नाऊभएका तस्करहरुले बजारको टेन्डरको नाऊमा नेपाली सामान तथा चाईनिज सामानहरु भिस्वा बजारमा रहेको गोदाममा स्टोक राखि भारतको सिक्टा पुर्‍याउने गरेका छन्न भन्ने शशिकान्त नाऊ भएका तस्करले हाडयेवर , कबाड र हड्डीको व्यापक रुपमा तस्करी गर्दे अाएका छन्।

त्यसै गरि स्रोतले जनाएको अनुसार भिस्वा नाकावाट व्यापक रुपमा हुन्डि रुपैयाको कारोबार भईरहेको छ।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित