Rashtriya Dainik

सुदुरपश्चिममा फागुन ३० गते प्रचण्ड आउदै

उत्तमकुमार थापा धनगढी
नेकपा माअाेवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटीको आयाेजनामा सुदुरपश्चिमका प्रदेश स्थरीय अगुवा प्रशिक्षण भेला हुने भएको छ ।

माअाेवादी केन्द्रले यहीँ फागुन ३० गते प्रदेश स्थरीय अगुवा कार्यक्रता भेला हुने भएको प्रदेश कमिटी सचिव जनक बुढाले बताए । उनले भने,आउदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टी कसरी अगाडि बढ्ने र कार्यक्रतालाई कसरी प्रशिक्षण गर्ने भन्ने हेतुले नेकपा माअाेवादीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम प्रदेशमा आउने भएको छन ।

प्रचण्डले विभिन्न स्थानीय तहमा पार्टी कसरी अगाडि बढ्ने आगामी निर्वाचनकाे तयारीमा पार्टीको अवधारणा के भन्ने विषयमा गहन छलफल हुन सक्ने स्राेतले बताए । कार्यक्रममा प्रदेशका कार्य क्षेत्र भएका केन्द्रिय सदस्यहरु, केन्द्रिय आयोगका सदस्यहरु , केन्द्रिय सल्लाहकार , जेष्ठ कम्युनिस्ट मंचका केन्द्रिय सदस्यहरु , केन्द्रिय बिभागका सदस्यहरु , प्रदेश कमिटीका सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु , प्रदेश तथा जिल्ला कमिटीका पुर्ब सदस्यहरु, पालिकाका पदाधिकारीहरु , स्थानीय तहका निर्बाचित प्रमुख / उपप्रमुख ,वडा अध्यक्षहरु तथा कार्यपालिकासदस्यहरु ,जबस मोर्चाका केन्द्रिय सदस्यहरु , जबस/ मोर्चाका प्रदेश पदाधिकारीहरुको उपस्थिति हुनुपर्ने र सबैलाई उपस्थिति हुन नेकपा माअाेवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिव जनक बुढाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित