परासी, २८ फागुन । राष्ट्रिय ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष सहितको टोलीले पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्तालाई धन्यबाद ज्ञापन गरेको छ । गाउँपालिका भित्र रहेको १३ वटा मदरसाहरुमा करार स्वयंसेवक शिक्षक अन्तर्गत धार्मिकि शिक्षक मौलाना, कार्यालय सहयोग र लेखापालको प्रवद्धर्नका लागि अनुदान रकम दिने निर्णय गरेपछि अध्यक्ष गुप्तालाई मुबारकबाद दिदै धन्यबाद ज्ञापन गरेका हुन् ।
राष्ट्रिय ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको नेतृत्वमा काउन्सिलका जिल्ला अध्यक्ष मौलाना अमानुल्लाह अंसारी, जिल्ला सदस्य मौलाना जैनुल आबदीन, मोलाना ताजुद्दिन अंसारी, काउन्सिलका गाउँपालिका अध्यक्ष मौलाना ताजुद्दिन धुनिया, समाजसेवी शाहआलम लगायतलेको टोलीले गाउँपालिका कार्यालय पुगी अधयक्ष गुप्तालाई बधाई सहित धन्यबाद ज्ञापन गरेको हो ।
राष्ट्रिय ओल्मा काउन्सिल नेपालले नवलपरासीका मदरसाहरुमा मौलानाहरुलाई पनि शिक्षक सरह नियुक्ती दिई तलबको व्यवस्थापन गर्न जिल्लाका पालिकाहरुलाई आग्रह गर्दै आएकोमा पाल्हीनन्दन र सुस्ता गाउँपालिकाले मदरसामा अध्यापन गराउने मौलाना शिक्षकहरुको प्रवद्र्धनका लागि तलब स्वरुप अनुदान रकम दिने निर्णय गरेपछि मौलानाहरुमा खुशीयाली छाएको काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले खुशी जाहेर गर्नु भयो ।
अध्यक्ष मिँयाका अनुसार सुस्ता, पाल्हीनन्दन गाउँपालिकाले मदरसामा अध्यापन गराउदै आएका नेपाली मौलानाको तलबमा बद्धि र प्रवद्र्धन गर्न आफनो क्षमता अनुसार अनुदान स्वरुप रकम मदरसामा पठाउने निर्णयले यहाँका मौलाना शिक्षकहरुमा पनि उत्साह थपिएको छ । यस्तै सरावल गाउँपालिकाले पनि मौलाना नियुक्तीका प्रकृयालाई अगाडी बढाई सकेको छ भने प्रतापुपुर गाउँपालिका, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिकाहरु पनि यस तर्फ आफनो प्रकृया अगाडी बढाउन तयार रहेको अध्यक्ष मिँयाले जानकारी दिनु भयो । अध्यक्ष मिँयाले यस अभियानमा सघाउने विभिन्न जनप्रतिनिधि, राजनितिक दलका नेता, समाजिक व्यक्तित्वहरुलाई समेत धन्यबाद व्यक्त गर्नु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

