महेश सिंह सिरहा लहान २७ फाल्गुन – नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रथम नगर अधिबेशन सिरहाको कल्याणपुर नगरपालिकामा सम्पन्न भएको छ।जिल्ला सचिवालय सदस्य तथा कल्याणपुर नगरपालिकाको इन्चार्ज राम पुकार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पुर्व कानुन मन्त्री तथा पार्टीको केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठ रहनु भएका थिए।
बिशिस्ट अतिथिमा केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका स्थाई कमिटी जिल्ला सचिवालय सदस्य प्रमोद नारायण झा रहनु भएको थियो।अतिथिहरुमा राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य तथा नेकपा एमालेको जिल्ला कमिटी सदस्य इन्द्रेश राउत,जिल्ला कमिटी अध्यक्ष चन्देश्वर मंण्डल,नेकपा एमालेको प्रभाव शालीन नेता बैधनाथ साह, जय प्रकाश शर्मा लगायत सयौं नेताहरुको उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रममा जसपा,माओवादी केन्द्र,राप्रपा,नेपाली काङ्ग्रेस,प्रत्याग गरि ६ सय जना नेता कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका छन।नेकपा एमाले नै देश बिकासको लागि काम गर्ने नव प्रबेशीहरुले बताए।
नेता बैधनाथ साहका अनुसार देशमा सबै बर्ग समुदायको इच्छा अपेक्षा पुरा गर्ने पार्टी नै नेपाल कम्युनिस्ट पार्टी एमाले रहेको उनले बताए। एमालेको सरकारले नै देशमा आमूल परिवर्तन गर्न सक्छ उनले ठहर गरेका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

