Rashtriya Dainik

पिडितले अनलाईन निबेदन दिन सक्ने , बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठको भनाइ

पुरन अधिकारी ,पश्चिम नवलपरासी

बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बोर्ड बाट प्राप्त हुने अार्थिक सहायता रकमका लागि पिडित बोर्डको कार्यलय अाउन नपर्ने सम्बन्धित गाउँ या नगरपालिकाद्वारा अनलाईन नै निवेदन दर्ता गर्न सकिने र पिडित वा पिडितका अाफन्तले अाफ्नो बैंक खातामा नै रकम प्राप्त गर्न सक्ने जानकारी दिनु भयो ।

उहाँले यो जानकारी सामी परियोजनाले अाफ्ना तीन जिल्लामा कार्यरत रिट्रनि स्वयम् सेवकहरुलाई समाजमा विधमान बैदेशिक रोजगारीका समस्यालाई निराकरण गर्न अग्रसर हुदै घर-घर र टोल -टोलमा गई सुचना प्रदान गर्न थप उर्जा मिलोस भन्ने उद्देश्यले बुटवलमा अायोजित तीन दिने पुर्नताजगी तालिमको समापनको दिन जानकारी दिदै रिट्रनिहरुका प्रश्न एवं जिज्ञासाहरुलाई समेत सम्बोधन गर्नुभएको थियोे ।

सोही पुर्नताजगी तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनी प्रदेशका उप – सचिव तारा ज्ञवालीले हाल परियोजनाले स्थानीय र संघीय सरकार सङ्ग हातेमालो गरि काम गर्दै अाएकोमा अब यस परियोजना सङ्ग प्रदेशको पनि भुमिका रहने जनाउँदै यसको पहल हाल बुटवलमा सन्चालित नि:शुल्क इन्डस्टियल इलेक्टिसियन तालिमबाट सुचारू भई सकेको र अगामी दिनमा रिट्रनिद्वारा फिल्डबाट अाउने सिपको अावश्यक्ता हेरि नि: शुल्क सिपहरु सन्चालन गर्ने र प्रदेश स्तरबाट गर्न सकिने कार्यक्रम एवं नीति निर्माणमा समेत बैदेशिक रोजगारीलाई सम्बोधन गर्न पहल कदमि गर्दै यस क्षेत्रका व्यक्तिहरुमा अान्तरिक रोजगारी भन्दा बैदेशिक रोजगारीको भावना वृद्धि भएकोमा सीपमा दक्षता हासिल नभए सम्म विदेश जाने सोच गर्नु हुदैन भन्ने सुचना अाम जनमानसमा रिट्रनि स्वयम सेवकहरुले अाफुले बिदेशमा भोगेका यथार्थ घटना मार्फत सजग गराउनु पर्नेमा जोड दिदै ,यस क्षेत्रको गौतम बुद्ध एअरपोर्ट बाट अन्तर्राष्ट्रिय उडान सुचारू सङ्गै बैदेशिक रोजगारीमा जाने सख्यामा वृद्धिको सम्भावना र यस सङ्ग सम्बन्धित व्यक्तिहरु थप सक्रिय हुने हुदा बिदेश जाने कामदारले हतारमा निर्णय लिने, बिदेशमा समस्यामा पर्ने जोखिम समेत हुन सक्ने हुदा अगामी दिनमा श्रम रोजगार तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनी प्रदेशले समेत सचेतनाका लागि पर्चा, पम्प्लेट र सुचना वोर्डमा सहयोग गर्ने र रिट्रनि स्वयम सेवकहरुले समेत साथ दिनु पर्ने जानकारी गराउनु भयो ।

बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ , सामी परियोजनाका प्रदेश संयोजक पंचराम चौधरी , सामी /हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जियाउल हक, सामी / बैदेशिक रोजगार बोर्ड कार्यक्रम अधिकृत बिण्णु अर्याल लगायतले सहजिकरण गर्नुभएको तालिममा उनन्तीस जना रिट्रनिहरुको सहभागिता थियो भने तालिममा बैदेशिक रोजगारीमा हाल विधमान समस्या ,पिडितलाई न्यायमा पहुँचका लागि सहजिकरण,सीपतालिमको महत्त्व र फाइदा ,सरोकारवालाको पहिचान र सहकार्य ,सुरक्षित सामाजिक गाउँ (नक्सा ) अभियान ,केश पहिचान,भिजिट भिषा,श्रम , बिमा , ईपासपोर्ट रिट्रनिले गर्न हुने र नहुने कार्य एवं गतिविधि जस्ता विषय बस्तुहरुमा छलफल र जानकारी गराईएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित