Rashtriya Dainik

मुस्लिम आयोगद्वारा शिक्षा मंत्री मार्फत ध्यानाकर्षण

कपिलवस्तु, फागुन २६

मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ संग भेटघाट गरेका छन् l

उक्त भेटघाटमा लुम्बिनी प्रदेश मदरसाको स्थित, मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदायको प्रदेशमा अवस्था कस्तो छ, मुस्लिम समुदायको उत्थान र विकासमा समान्वय कसरी गरेर अगाडि बढ्ने, मुस्लिम समुदायको शिक्षाको अवस्था लगायत बिषयमा शिक्षा मंत्री संग वृहत क्षलफल गरि ध्यानाकर्षण गराइएको छ l

लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसीउद्दीन खाँले मुस्लिम आयोगका पदाधिकारी लाई स्वागत गर्दै आफूले मदरसाहरूमा बजेट छुट्याएको र मुस्लिम आयोगका पदाधिकारी हरूले ध्यानाकर्षण गराएको बिषयमा आफू बाट हुन सक्ने हरेक सम्भव प्रयास गर्ने समेत प्रतिबद्धता जनाउनु भएको जानकारी गराइएको छ l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित