Rashtriya Dainik

काङ्ग्रेस सरावलकाे संगठन विस्तारमा तिब्रता

राष्ट्रिय दैनिक / नवलपरासी , २६ फाल्गुन

“मेरो वडा म जिताउछु,हाम्रो पालिका हामी जिताउछौ ,टोल टोलमा संगठन, घर घरमा काङ्ग्रेस ” भन्ने अभियानका साथ नवलपरासी पश्चिम सरावल गाउँपालिकामा नेपाली काङ्ग्रेसले संगठन विस्तार कार्यक्रम सुरु गरेको छ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरे संगै सरावल गाउँपालिका ४ काे सबै टाेलहरुमामा पार्टीको टोल कमिटी गठन गरी संगठनलाई चलायमान गराई अबको निर्वाचनमा नेपाली काङ्ग्रेसको सबै उमेद्वारहरूलाइ बिजयी गराउने प्रयासका साथ अगाडी बढ़ेको नेपाली काङ्ग्रेस सरावल ४ सभापति जन्मेजय यादवले जानकारी दिनुभएको छ ।

केही समय पार्टीको केन्द्रमा भएको उतार चढावले गर्दा संगठन जुन किसिमले अघि बढ्न पर्ने बढ़न सकेको थिएन। महाधिवेशन, जिल्ला अधिवेशन पछि संगठन जिल्ला भरि नै गति लिएको बताइएको छ ।

पार्टीकाे टाेल समिति विस्तार गरी आगामी निर्वाचनमा रुख चिन्हलाई बिजयी गराउन हामी एकजुट भई संगठन विस्तार अभियानमा जूटेका छौ भनी सभापति यादवले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित