रंजीत शर्मा/ नवलपरासी/ २६ फाल्गुन ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १२ का वार्ड अध्यक्ष भगवन्तलाल गुप्ताद्वारा सरस्वती माध्यमिक विद्यालयलाई एक सेट कम्प्युटर हस्तान्तरण गरिएको छ।
विद्यालयको प्रशासकीय कार्यलाई छिटो छरितो र लेखा जोखा राख्न सजिलो बनाउन एक सेट कम्प्युटर हस्तान्तरण गरिएको वार्ड अध्यक्ष भगवन्त लाल गुप्ताले बताउनु भयो।
हस्तान्तरण गर्दै अध्यक्ष गुप्ताले वार्डको विकासमा आफू कुनै कसर न छाड्ने बताउनु भएको छ। वार्डको विकासको लागि आफू दिन रात लागि पारेको बताउँदै बिद्यालयको भौतिक, सामाजिक,प्रविधि मैत्री बनाउने लक्ष्य रहेको बताए ।
त्यसै प्रधानध्यापक दयानन्द चौधरीले यस एक सेट कम्पुटर सहयोगबाट बिद्यालयको प्रसशासनी कार्यमा टेवा पुग्नेको साथै विद्यार्थीहरु समेत सिख्ने सकिने भएकोले यस बाट विद्यालय तथा विद्यार्थी समेत हर्षित भएको बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

