Rashtriya Dainik

धरानमा नि:शुल्क मधुमेह र उच्च रक्तचाप जाँच शिविर सम्पन्न

नेपाली समाजमा मधुमेह र उच्च रक्तचापको असर धेरै क्षेत्रमा परेको छ। कतिपय मानिसहरु यस रोगहरुको चापले गर्दा कष्टपूर्ण जीवन बिताउदै छन्।

त्यसैले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा
रोटर्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा “मातृवत्तसल्य: आमाको माया” अन्तगर्त यहि मंगलबार धरान नगरपालिका, वडा न.१९, धरानमा नि:शुल्क मधुमेह र उच्च रक्तचाप जाँच शिविर सम्पन्न भएको छ।

यस कार्यक्रम मुख्यतया स्तनपानको आवश्यकता र विधिहरू, परिवार नियोजन र गर्भनिरोधक शिक्षा, बालबच्चा तथा आमाहरुलाई दिनुपर्ने खोपको अवधि र आवश्यकताहरु, स्तन क्यान्सर र स्वयं स्तनको परीक्षण तथा मधुमेह र उच्च रक्तचाप स्क्रीनिंगमा केन्द्रित थियो। यस कार्यक्रमबाट ५० भन्दा बढि महिलाहरुले लाभ लिन सफल भए।

त्यसपछि कार्यक्रमको दोस्रो भागमा स्तनपान, स्वयम् स्तन परीक्षण, खोपका आधारभूत कुराहरू, परिवार नियोजन र गर्भनिरोधकहरू बारे चेतना पनि फैलाईयो। यसरी सफलताका साथ “मातृवत्तसल्य: आमाको माया”को अर्को भाग सम्पन्न भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित