नवलपरासी, २५ फागुन । पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर बस्ने युवा नेता ब्रहमानन्द लोहार यति बेला निकै चर्चामा छन् । नेता ब्रहमानन्द कुनै जनप्रतिनिधि वा कर्मचारी, व्यपारी होईनन बरु एक सामाजिक व्यक्ति हुन जसले समाजिक विकास र सांस्कृत संरक्षण प्रवद्धर्नका लागि सहयोग गर्दै आएका छन् ।
विगतका बर्षदेखि ब्रहमानन्द नेपाली कांग्रेस पार्टीमा आवद्ध भई सक्रिय राजनितिक संगै जनताहरुको सेवाका लागि व्यक्तिगत रुपमा पनि समाजसेवाका बाटोमा अग्रसर भई लागी परेका छन् । नेता ब्रहमानन्दले सामाजिक र सांस्कृति संरक्षणका क्षेत्रमा गर्दै आएको सहयोग र कार्य प्रति सबैको चाँसो मनमा बस्न सफल हुदै गएका नेताको चौतर्फि चर्चा परिचर्चा चलिरहेको छ ।
स्थानिय युवा नेता ब्रहमानन्दको र्चातर्फि चर्चाको विषयमा नितान्त निस्वार्थ भावनाका साथ पाल्हीनन्दन गाउँनगर क्षेत्रका गरिब असहायहरुको आवश्यक्त पुरा गर्न आर्थिक सययोग गरि सघाउने र विभिन्न समुदायको धर्म सांस्कृति संरक्षण प्रवद्र्धन गर्न पनि सहयोग गर्ने कार्यले उनी चर्चामा आएका हुन् । नेता ब्रहमानन्द विगतबर्षदेखि हालसम्म १० लाख बढि रुपैया यस्तो गरिब दुखियाको घर निर्माण, औषधी उपचार, शादीविवाह, किरिया जस्ता कार्यका लागि १० हजार देखि २५ हजार सम्मको नगद आर्थिक सहयोग गर्दै आएका छन् भने केहि अतिविपन्न परिवारलाई सहयोग पुग्ने गरि खाद्यान्न पनि सहयोग गर्दै आएपछि उनी चर्चामा आएका हुन् । 
पाल्हीनन्दन गाउँपालिका भित्रका धेरै गरिब विपन्न परिवारलाई पनि गाउँपालिका जनप्रतिनिधिहरुले राजनितिक आस्था र पहुँच नभएकै कारण पाउने विभिन्न सेवा सुविधाबाट बन्चित भैरहेका बेला यसरी एक व्यक्ति ब्रहमानन्द उनीहरुको समस्या पहिचान गरि केहि सहयोग गरि समस्या सामाधानमा सघाउने कार्यको चर्चा हुनु स्वभाविक नै हो । अहिले ब्रहमानन्दनको यस्तो सामाजिक क्षेत्रमा सक्रियता र कार्य देखेर जनताहरु निकै रुचाउन थालेका छन् ।
जनताले यस्तो व्यक्ति आजको आवश्यक्ता हो जसले गाउँपालिकाको नेतृत्व गर्दै जनताको भावना र मर्म बुझी कामकाज गरोस, स्थानिय चाहन्छन । नेता ब्रहमानन्दनको कार्यशैली र उदार प्रति जनताको समर्थन र साथ बढन थालेको छ । यस्तो व्यक्तिलाई अगाडी सार्नु उत्तम विकल्प रहने विश्वास गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

