Rashtriya Dainik

नेपाली कांग्रेस पाल्हीनन्दन वडा ३ कार्यसमितिको भेला सम्पन्न : भेलाबाट महिला तथा युवा समिति गठन

परासी, २५ फागुन । नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका वडा ३ को वडा कार्यसमितिको शनिवार २१ भेला सम्पन्न भएको छ । वडा सभापति मोहन गोसाईको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्रका क्षेत्रिय सभापति माधव पाण्डेको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो । भेलाबाट बेलासपुर छोटका टोला र बडका टोलामा महिला तथा युवा समिति पनि गठन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि माधव पाण्डेले पार्टीको संगठनलाई मजबुद बनाउन पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई एकजुट भई लाग्न आग्रह गर्नु भयो । त्यस्तै विशेष अतिथि युवा समाजसेवी पाटीको स्थानिय नेता ब्रहमानन्द लोहारले, पार्टीका सबै भातृत्व संगठनहरुलाई जागृत गर्न आवश्यक रहेको भन्दै पार्टीको टोल टोलमा महिला, युवाका समितिहरु विस्तार गर्न जरुरी रहेको बताउनु भयो । नेता ब्रहमानन्दले पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन समितिहरुको विस्तार गर्दै जनताको दैलोदैलोसम्मा पुग्न आवश्यक रहेको भन्दै पार्टीका घोषणा पत्र र पार्टीको विचार र एजेण्डाहरुलाई उजागर गर्दै जानु पर्ने सुझाव दिनु भयो ।
भेलामा युवा नेत्रृ एवं पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहार, पार्टीको क्षेत्रिय सहसचिव उपेन्द्र गुप्ता, युवा नेता तबरेज आलम खान, पार्टीको पाल्हीनन्दन गाउँपालिका सभापति हरिहर चौहान, क्षेत्रिय प्रतिनिधि हिरालाल गुप्ता, स्थानिय नेता राजनरेश दास, युवा मेराज अलि देवान, लगायले संगठनलाई मजबुद बनाउन आवश्यक रहेको बताए । भेला कार्यक्रममा गठित महिला तथा युवा समितिहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको थियो । भेलामा करिब ५ सय कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित