Rashtriya Dainik

कोभिड–१९ तथा अन्य सरुवा रोगहरु सम्बन्धि अभिमुखीकरण

परासी, २५ फागुन । नवलपरासीमा कोभिड–१९ तथा अन्य सरुवा रोगहरु सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रामग्राम नगरपालिका वडा ७ स्थित उनवच स्वास्थ्य चौकीमा वडा ७ का अध्यक्ष शिवशंकर प्रसाद हरिजनको अध्यक्षतामा उक्त अभिमुखीकरण सम्पन्न भएको हो । अभिमुखीकरणमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्थानिय जनप्रतिनिधि र विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा सुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज सिअहेब अधिकृत बलराम सापकोेटा, स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले कोभिड–१९ सहित विभिन्न सरुवा रोगहरुका बारेमा आफनो प्रस्तुतीकरण राखेका थिए । कार्यक्रममा सरुवा रोगहरु लाग्ने माध्यम, बच्ने उपाय र यसको रोकथामका लागि अपनाउने उपायहरुका बारेमा जानकारी दिइएको थियो । मौसम परिवर्तन, दुषित खानपान, सरसफाई लगायतका क्षेत्रमा ध्यान नदिने कारण्बाट हैजा, छाडापखाला, आउँ पर्ने, पेटमा जुका पर्ने, टाईडफाईड, लगायतका सरुवा रोगहरु हुने हुँदा त्यसको रोकथाम र बच्ने उपायका बारेमा छलफल भएको थियो ।
अब गर्मी र बर्षायाममा सरुवाको रोगहरुको संक्रमण बढि हुने हुँदा उक्त चेतना र रोकथामका विधीहरु स्थानिय स्तरमा चेतनाको रुपमा फैलाउन आवश्यक रहेको कार्यक्रमबाट निस्कर्ष निकालिएको थियो । कार्यक्रममा वडा अध्यक्ष शिव शंकर प्रसाद हरिजन, सिअहेब अधिकृत बलराम सापकोटा, हेल्थ असिस्टेन्ट सुरज गौतम, बेस नेपालका तिर्थ ढुंगाना, उनवच स्वास्थ्य चौकीका बलिराम कोईरी लगायतले आफनो मन्तब्य राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित