Rashtriya Dainik

पाल्हिनन्दनमा ११२ औं महिला दिवसको अवसरमा जनप्रतिनिधिसंग जनता कार्यक्रम

उमेश बि.क / नवलपरासी , २४ फाल्गुन

पश्चिम नवलपरासीको पाल्हिनन्दनमा ११२ औं महिला दिवसको अवसरमा जनप्रतिनिधिसंग जनता कार्यक्रम गरिएको छ।

“सामाजिक न्याय र लैंगिक समानता , दिगो बिकास सुनिश्चितता” भन्ने मुल नारा सहित पालिका स्तरीय बहुसराेकारवालाहरुकाे फाेरम पाल्हिनन्दनकाे अायाेजना तथा पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय सहकार्य एव विभिन्न संघसंस्थाकाे सहयोगमा कार्यक्रम गरिएको हाे।

पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पाबित्री काेहारकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता “दिपक”काे प्रमुख अातिथ्यता एवं वडा नम्बर १ देखि ६ सम्मका वडा अध्यक्षहरुकाे विशिष्ट बिशिस्ट अतिथ्यतामा भएको कार्यक्रममा उपस्थित सहभागीले ५ बर्ष भित्रकाे अन्तरालमा भएको काम र हुन नसकेको कामबारे प्रश्न राखेका थिए भने साे प्रश्नकाे जवाफ सम्बन्धित जनप्रतिनिधिले सरल भाषामा उत्तर दिइएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले आफ्नो हक अधिकार प्राप्त गर्नको लागि महिलाहरु स्वयं जागरुक हुनुपर्ने बताउनु भयो । महिलाहरु आर्थिक ,सामाजिक बिकासमा अगाडि नभएसम्म राष्ट्रको विकास नहुने बताउनु भयो।

त्यस्तै सुनवल सामुदायिक बिकास केन्द्रकाे अध्यक्ष सपना अधिकारी थापाले यो दिवस एउटा श्रमिक महिलाहरुको दिवस रहेको र महिलाहरुको हक अधिकार,महिला माथी हुने अन्याय अत्याचार शोषणका लागी महिला दिदिबहिनीहरुले मात्र आवाज उठाएर नहुने र यसमा पुरुषहरुले पनि उठान गरिदिनुपर्ने जोडदिनु भएको थियो भने परिवर्तन आफै र आफ्नै घरबाट सुरुवात गर्नुपर्ने पनि आग्रह गर्नु भएको थियो ।

त्यस्तै एबिसि नेपालको क्षेत्रीय प्रमुख मनाेज लामिछानेले महिलाहरु प्रति गरिने विभेदको अन्त्य गरिनु पर्ने र जसका निम्ति सम्बन्धित सवै सचेत भएर एकजुट हुनुपर्ने कुरामा जाेड दिनुभएको थियोे ।

त्यस्तै कार्यक्रमकाे सभापति एवं पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पाबित्री काेहारले महिलाहरु राजनीति क्षेत्रमा अगाडि आउनुपर्ने बताउदै पुरुषबाट भन्दा महिलाले महिलालाई हिंसा गरेको तथ्यांक पाइएको र त्यसको मुल कारण आर्थिक समस्या भएको हुनाले महिला आय आर्जनको लागि सीप तथा उद्योग संग जोडिनुपर्ने बताउदै महिला दिदीबहिनीहरु आफ्नो हक अधिकारको लागी एक हुनुपर्ने र आफुले महिलाहरूको आवाज बुलन्द गर्नको लागि हरबखत तयार रहेको बताउनु भयो ।

११२ औं महिला दिवसको अवसरमा जनप्रतिनिधिसंग जनता कार्यक्रमको संचालन सुनवल सामुदायिक बिकास केन्द्रकाे जेन्डर परियोजना संयाेजक राधा सापकोटाले गर्नु भएको थियो भने कार्यक्रममा वडा नम्बर १ देखि ६ का वडा अध्यक्षहरुले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित