Rashtriya Dainik

११२ औं नारी दिवसको अवसरमा सरावलमा जेष्ठ नागरिकलाई सम्मान

राष्ट्रिय दैनिक / नवलपरासी , २४ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नारी दिवसकाे अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।

“सामाजिक न्याय र लैंगिक समानता , दिगो बिकास सुनिश्चितता” भन्ने मुल नारा सहित सरावल गाउँपालिका स्तरीय महिला सन्जालकाे अायाेजना तथा सरावल गाउँपालिका र विभिन्न संघसंस्थाकाे सहयोगमा ११२ औं नारी दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हाे।

सरावल गाउँपालिका भित्र रहेको ८ जना जेष्ठ नागरिकलाई नगद तीन हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हाे ।

सरावल गाउँपालिका स्तरीय महिला सन्जालकाे अध्यक्ष मिना चाैधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती भण्डारीकाे प्रमुख अातिथ्यता एवं सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे विशिष्ट बिशिस्ट अतिथ्यतामा भएको नारी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती भण्डारीकाेले आफ्नो हक अधिकार प्राप्त गर्नको लागि महिलाहरु स्वयं जागरुक हुनुपर्ने बताउनु भयो ।महिलाहरु आर्थिक ,सामाजिक बिकासमा अगाडि नभएसम्म राष्ट्रको विकास नहुने बताउनु भयो।

त्यस्तै सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले यो दिवस एउटा श्रमिक महिलाहरुको दिवस रहेको र महिलाहरुको हक अधिकार,महिला माथी हुने अन्याय अत्याचार शोषणका लागी महिला दिदिबहिनीहरुले मात्र आवाज उठाएर नहुने र यसमा पुरुषहरुले पनि उठान गरिदिनुपर्ने जोडदिनु भएको थियो भने परिवर्तन आफै र आफ्नै घरबाट सुरुवात गर्नुपर्ने पनि आग्रह गर्नु भएको थियो ।

त्यस्तै उपाध्यक्ष उत्तमा रायले महिला दिदीबहिनीहरु आफ्नो हक अधिकारको लागी एक हुनुपर्ने र आफुले महिलाहरूको आवाज बुलन्द गर्नको लागि हरबखत तयार रहेको बताउनु भयो ।

सो दिवस कार्यक्रमको संचालन दुर्गा बि.कले गर्नु भएको थियो भने कार्यक्रममा वडा नम्बर १ वडा अध्यक्ष भेष नरायन चाैधरी , कार्यपालिका सदस्य छिमा राय , एबिसि नेपालको क्षेत्रीय प्रमुख मनाेज लामिछाने ,सरावल खेलकुद संस्था अध्यक्ष महेन्द्र चाैधरी र पत्रकार उमेश बि.क लगाएतले महिलाहरु राजनीति क्षेत्रमा अगाडि आउनुपर्ने बताउदै पुरुषबाट भन्दा महिलाले महिलालाई हिंसा गरेको तथ्यांक पाइएको र त्यसको मुल कारण आर्थिक समस्या भएको हुनाले महिला आय आर्जनको लागि सीप तथा उद्योग संग जोडिनुपर्ने बताउदै महिला दिवस बारे आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित