उत्तमकुमार थापा बझाङ
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे छविस पाथिभरा गाउँपालीका बिसाैनाका लाेकप्रिय नेता बसन्त चलाउने यतिबेला जनताको नजरमा निकै लाेकप्रिय छन ।
उनी नेकपा माअाेवादी केन्द्रका चर्चित युवा नेतामा पर्दछन । प्रश्ट विचार धारणा र जनसमुदायको पिडामा सदैव साथ सहयाेग गर्ने नेतामा पर्दछन । आगामी निर्वाचनकाे मिति बैशाख ३० गते ताेकेपछि छविस पाथिभरा गाउँपालीका बासिन्दाले सबैभन्दा बढी मनपराउने नेता हुन । धेरै जस्तो स्थानीय जनताले चलाउनेकाे स्वभाव र उहाको आचरण लाई राम्रो भन्दै चर्चा गर्ने गरेकाे युवा बम बहादुर धामीले बताए ।
निर्वाचनको समय नजिकीदै गर्दा धेरै जनताले रुचाएका स्थानीय जनसरोकारका बिषयमा बाेल्ने नेता चलाउने के माअाेवादीबाट अध्यक्षकाे टिकट लेलान्त भन्ने गाउँ घरमा निकै चर्चा चलिरहेको छ । एक स्थानीयले भने उहाँले टिकट ल्याउनु पर्छ हामी पार्टी हेर्दैनाै चलाउने लाई भाेट हाल्छु किन भने उहाँमा केही बिकास गर्न सक्ने क्षेमता रहेकाे छ ।
नेता बसन्त चलाउने भन्नू हुन्छ । पार्टीले के निर्णय गर्छ मान्छु ।मैले मात्र हैन राम्रो मान्छेलाई जनप्रतिनिधि बनाउनु पर्छ । अब जनता सचेत छन । त्यसैले हाम्रो भन्दा पनि राम्रो नेतृत्वमा मतदान गर्न उहाँले विभिन्न कार्यक्रममा भन्नू भएको छ । एक पटक पार्टीले टिकट दिन्छ कि भन्नेमा आशामा रहेको दृश्य झल्काउदै भन्नु भयाे सबै राम्रो हुन्छन राम्रो लाई साथ सहयाेग गर्नु तपाईं हाम्रो दायित्व रहेकाे छ । उहाँले भन्नू भयाे अहिलेकाे स्थानीय सरकारले जति जसरी बिकास गर्नु पर्नेहाे त्याे हुन नसकेको भन्दै अब नयाँ नेतृत्व हुनुपर्ने दावी गर्नु भयाे । फेरि हामी सँग कुरा गर्दै उहाँले भन्नू भयाे नेकपा माअावादी केन्द्र पछिल्लो समय सचेत बन्दै गएको भन्दै आगामी निर्वाचनमा छविसका जनताले भाेट हाल्नु हुन्छ । समाजरुपान्तरकाे लागि नयाँ नेतृत्वको आवश्यक परेकाे बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

