राजन कुमार बानिया
पर्सा २४ फागुन
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले नेपाल–भारतका जेष्ठ नागरिकलाई आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् । ‘नेत्रदान जिवनदान’ नारा राखेर चलाइएको अभियानअन्तर्गत अध्यक्ष मियाँले भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग, नेत्र ज्योति संघ र जगरनाथपुर गाउँपालिकाको आयोजनामा सञ्चालित सातदिने निःशुल्क आँखा शिविर सञ्चालन गरि आँखा परिक्षण गरी औषधिसमेत वितरण गरिएको छ ।
आँखा परिक्षण गराएका मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गाउँपालिकाको भवन जगरनाथपुरमा गरिएको छ । भरतपुर आँखा अस्पतालका डाक्टर पुष्पा गिरी श्रेष्ठले सोमबार १३४ जनाको आँखाको शल्यक्रिया गरेकी हुन् । आँखाको शल्यक्रिया भएका बिरामीहरुलाई मंगलबार निःशुल्क चस्मा र औषधि वितरण गर्दै आँखा लाई कसरी सुरक्षीत राख्ने भन्नेबारे सल्लाह एवं सुझावसमेत उनले दिएकी छन् ।
उक्त शिविरमा बुधबारसम्म आँखाको चेकजाँच गरि शल्यक्रिया गरिने आयोजक संस्थाका अध्यक्ष जालिम मियाँले बताए । अध्यक्ष मियाँले निःशुल्क आँखा शिविरमा नेपाल–भारतका जेष्ठ नागरिक महिला र पुरुषहरुको सहभागिता रहेको उनले बताए । आँखा एउटा महत्वपूर्ण अंग भएकाले आँखा रहेन भने पुरै दुनिया अन्धकार हुने र जेष्ठ नागरिकहरुलाई उज्यालो बनाउन निःशुल्क आँखा शिविर चलाएको अध्यक्ष मियाँले बताए ।
आफ्नो गाउँ–ठाउँमा निःशुल्क आँखाको शल्यक्रिया भएकोमा जेष्ठ नागरिकहरु खुशी भएका छन् । आँखा शिविर सञ्चालन भएको सात दिनमध्ये दुई दिन प्रत्येक वडामा गएर बिरामीहरुको आँखा चेकजाँच गरिएको थियो, भने तिन दिनसम्म शल्यक्रिया गरिने बताइएको छ ।
भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको सो शिविरमा प्रमुख डाक्टर पुष्पा गिरी श्रेष्ठ, डाक्टर राजा हुसेन, शिविरका संयोजक रमेश घिमरे, सपना प्रधान, सुवास सापकोटा, संदेश लामिछाने, अनिल श्रीवास्व, सहयोगी विकास यादव, सुसिला थापा, राजकुमार केवट, लोकेन्द्र बिक, रमेश पराजुली, बिपना मानन्धर, सोयल अली, आनन्द यादव, हरि राजबंसी समेतको प्राविधिक टोलीले सहयोग गरिरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

