बारा २४ फागुन । जिल्ला प्रहरी कार्यालय बाराले होली सभ्य तरिकाले मनाउन आग्रह गरेको छ ।हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व मध्येको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन एउटा सन्देश जारी गर्दै बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीप सिंह देउवाले आग्रह गरेका हुन् ।
पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी होली मनाउन एसपी देउवाको सुझाव छ ।
एसपी देउवाले होली खेल्दा रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहर पानिको प्रयोग नगर्नसमेत आग्रह गरेका छन् ।देउवाले सवारी साधन तिव्र गतीमा नचलाउन, मादक पदार्थ सेवन नगर्न, मोटरसाइकलमा २ जना भन्दा बढी सवारी नहुन, हेलमेटको अनिवार्य प्रयोग गर्न, बाटोमा हिडने व्यक्तीलाई जबर्जस्ती रंग तथा अविर नलगाउन पनि अनुरोध गरेका छन् ।अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्चिल गित नवजाउन, डिजे तथा अन्य लाउड स्पीपर चर्को साउण्डमा नवजाउन, होली खेल्दा मनोरञ्जनको नाममा गाँजा, भांग, र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न पनि देउवाको अनुरोध छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

