Rashtriya Dainik

नवलपरासीमा खुल्ला नकआउट क्रिकेट प्रतियोगिता शुरू

संजय कुशवाहा /नवलपरासी २३ फागुन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वाड न.७ गोबरहीयामा खुल्ला नकआउट क्रिकेट प्रतियोगिता सोमबारबाट शुरू भएको छ । मा कोटही क्रिकेट युवा क्लबको आयोजनामा भएको सो प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीले गरेकी हुन ।

उद्दघाटन क्रममा बोल्दै चौधरीले खेलकुदले युवाहरूको विकासमा महत्त्वपूर्ण हुने बताउदै खेल जगतमा खेलाडीहरुको शारीरिक ,मानसिक ,समाजिक र संस्कृति सदभावको लगि विकास गर्छ । खेलको महत्त्व धेरै उच्च रहेकाले खेललाई सफल पार्न नियम अनुसारको पालना गरि खेल यो ठाउँमा मात्र होईन अन्तर्राष्ट्रियस्तरका खेलाडी बन्नुस भन्ने शुभकामना दिन ।

प्रतियोगितामा प्रथम हुने टिमले १० हजार नगद प्रदान गरिने छ भने दितिय हुने टिमले ५ हजार नगद पुरस्कारसहित सहित प्राप्त गर्नेछ । प्रतियोगितामा १४ वटा टिमको सहभागीता रहेको आयोजनाले बताए । प्रतियोगिता फागुन २३ गतेदेखि असोज २९ गतेसम्म संचालन रहने छ ।

प्रतियोगिताको उद्दघाटन समारोह कार्यक्रममा विशेष अतिथि प्रतापपुर गाउँपालिकाका वडा न.७ का वडा अध्यक्ष हरेन्द्र यादवले राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागी खेलकुद आवश्यक भएको हुदाँ युवाहरूलाई खेल प्रति प्रोत्साहन समेत दिदै । यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव तत्पर रहेको अध्यक्ष यादवले बताउनु भयो ।

त्यस्तै प्रतियोगिता कार्यक्रममा बोल्दै नेकपा माओवादीका युवा नेता धिरज त्रिपाठीले नागरिक स्वस्थ हुनका लागि खेलकुद अपरिहार्य रहेको बताउदै । खेल क्षेत्रको बिकासमा गाँउ गाँउमा हुने प्रतियोगिताले महत्वपूर्ण योगदान दिएको बताउनु भयो ।
कार्यक्रममा समाजसेवी ब्यास मुनि कुशवाहा , जयराम कुर्मी , गोलु हलुवाई ,प्रिन्स यादव लगायतको उपस्थिती रहेको थियो ।
खेलकुदमा प्रथम हुनेलाई कार्यवाहक अध्यक्ष चाैधरीले पालिकाबाट १५ हजार र ब्यक्तिबाट २० सेट ड्रेस साथै युवा नेता धिरज त्रिपाठीले १० हजार सहयोग गर्ने घाेषणा गरेका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित